
आदिल टाइम्स/
महाराजगंज नगरपालिका अहिले आफ्नो कार्यकालमा पुर्णरुपमा हिलो मुक्त बनाई हरेक गाउँमा आरसीसी रोड बनाएर फेरी दोस्रो कार्यकालको लागि अर्को पटक उम्मेदवारी दिएको नेता अब्दुल कलामले बताए।
महाराजगंज नगरपालिकाको तत्कालीन मेयर रहेका वर्तमान मेयर प्रत्यासी तथा नेपाली कांग्रेसका जिल्ला सभापति कलाम भन्छन “ नगर लाई कचड़ा र हिलो मुक्त गराएँ र अब अर्को कार्यकालमा महाराजगंज नगरलाई पुर्ण रुपमा फुस छप्पर र छाप्रो मुक्त बनाउनेछौं ” भन्ने अठोट गरेको बताए।
नगर भित्र रहेको भूमिहीन सुकुम्वासीहरुलाई एकीकृत बस्तीको रुपमा निर्माण गर्नुको साथै छिटै लालपूर्जा समेत उपलब्ध गराउन समेत अबुल कलामले प्रतिबद्धता व्यक्त गरे।
आदिल टाइम्स सँग कुरा गर्दै नगर भित्रका जेहेन्दार विद्यार्थिहरुलाई विश्वविद्यालय तहको शिक्षा आर्जन गर्नको लागि उचित छात्रवृतिको व्यवस्थापन गर्ने मेयर प्रत्यासी अबुल कलामले बताए।
मेरो पाँच वर्षको कार्यकाल जनताको सेवा समर्पित थियो र अब फेरी जनताले पूर्ण बहुमतले सेवा गर्ने अवसर प्राप्त हुनेमा आफु विश्वस्त भएको उनले जिकिर गरे।