अर्जेन्टिनाले ‘कोपा अमेरिका’ आयोजना नगर्ने

Logo १८ जेष्ठ २०७८, मंगलवार ०९:५३ | Aadil Times                  

काठमाडौं,जेठ १८ । अर्जेन्टिनाले कोरोनाभाइरस सङ्क्रमणको समस्या कम हुन नसकेको भन्दै खेल आयोजन गर्न नसक्ने बताएपछि कोपा अमेरिकाका लागि नयाँ आयोजकको खोजी भइरहेको दक्षिण अमेरिकी फुटबल महासंघले आइतवार जानकारी गराएको छ ।कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्ने उक्त ‘फुटबल प्रतियोगिता’ जुन १३ देखि सुरू गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । महामारीको कारण उक्त प्रतियोगितालाई अघिल्लो वर्ष स्थगित गरी यो बर्ष आयोजना गर्ने तयारी भइरहेका समय आयोजकले नै स्वास्थ्य सङ्कटका कारण खेल सञ्चालन गर्न कठिनाई भएको जानकारी गराएको बुभिएको छ ।

“वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अर्जेन्टिनामा गरिने कोपा अमेरिकाको सञ्चालनलाई अन्यत्र लग्ने प्रयास भइरहेको छ,” दक्षिण अमेरिकी फुटबल महासंघले आफ्नो आधिकारिक ट्वीटर पेजमार्फत् सार्वजनिक विज्ञप्तिमा उल्लेख गरेको छ ।

अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म त्यहाँ सङ्क्रमितको सङ्ख्या ३७ लाख पुगेको बताएको छ भने ७७ हजार सङ्क्रमित व्यक्तिको मृत्यु भएको जनाएको छ ।सरकारले मे २७ मा सार्वजनिक तथ्याङ्कमा दैनिक ४० हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।अर्जेन्टिनामा महामारी नियनत्रण गर्न सरकार विफल भएको भन्दै भएको १० दिनदेखि सरकार विरोधी व्यापक प्रदर्शन भइरहेका समय सरकारले खेल आयोजना गर्न नसक्ने जनाएको हो ।

-रासस

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news