अवकास पाएका प्रधानध्यापकको हालीमुहाली आफु नैं प्रधानध्यापक हुँ भनी राजनैतिक आडमा फर्जी ब्यवस्थापन समिति गठन

Logo २ श्रावण २०७९, सोमबार १९:५७ | Aadil Times                  

सुनसरी ! सुनसरीको दुहवी नगरपालिकाको वार्ड नम्वर ९ मा रहेको बेलाल पव्लिक स्कुल( मद्रसा हजरत बेलाल)मा राजनैतिक आडमा अवकास पाएको प्रधानध्यापकको हालीमुहालीले नयाँ ब्यवस्थापन समिति गठन गरिए प्रति आरोप बाहिरिएको छ ।
विधालयको व्यवस्थापन समिति गठन अवैधानिक रुपले गठन गरिएको प्रति सम्बन्धित विधालयको अभिभावकहरुले असन्तुष्ट भई बिभिन्न स्थानिय निकायमा उजुरी दिएर निर्माण गरिएको कार्य समिति विगठन गर्न माग गरिएको एक स्थानिय अभिभावक भोला मियाँले बताए । विधालयका प्रधानध्यापक जमिल अख्तर २०७८ बैशाखमा नैं हद म्याद पुरा भएर विधालयवाट अवकास पाएको प्रधानध्यापक आफु राजनैतिक आडमा आफु विधालयको प्रधानध्यापक हुँ भनि आफु खुशी आफनो नाताकृपावादको हिसावमा कार्यसमिति गठन गरि प्रति स्थानिय विधालयको अभिभावक असन्तुष्ट भएर फर्जी व्यवस्थापन समिति खारिज गरि आम विधालयको अभिभावकलाई भेला गरि ऐन कानुन वमोजिम नयाँ कार्यसमिति गठन गर्न सम्वन्धित निकायमा उजुरी समेत दिएको अभिभावक मियांले वताए । गुपचुप तरिकाले गठन गरिएको अवैधानिक विधालय ब्यवस्थापन समिति खारेज गरि र अवैधानिक अवकास पाईसकेको प्रधानध्यापक अख्तरलाई कार्यवाही सहित विधालय निस्कासन गर्न समेत माग गरिएको छ । प्रधानध्यापक स्कुलमा दिएको दरबन्दिमा नेपाल सरकारको मासिक तलब लिने गरिएको थिए । यस बिषयमा आफु नामको अवकास पाएको छु र कर्ताधर्ता सबै मैं हुँ मलाई कोही हटाउन सक्देन म जै गर्छु त्यही हुन्छ प्रधानध्यापक अख्तरले मिडियाको टेलिफोन सम्वादमा वताए ।


सम्बन्धित खबर