आगलागीका कारण नगद १ लाख ५० हजार, चाँदी ४८ तोला, खाद्यान्न सामाग्री

Logo ८ जेष्ठ २०७८, शनिबार ११:१० | Aadil Times                  

नेपाल कम्युनिस्ट पार्टी विभाजनको मुखमा पुग्दै गर्दा सत्तारुढ पक्ष अर्थात प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेकपाले संगठन विस्तार र निर्माणलाई पनि तिब्रता दिएको छ ।

नेकपा ओली समुहको सुनसरी जिल्ला कमिटीलाई पूर्णता दिनका लागि गृहकार्य भइरहेको अवस्थामा जिल्ला इन्चार्ज कसलाई दिने वहस चलेको छ । खासगरी सुनसरी जिल्ला इन्चार्जमा दुई नेताहरुको नाम चर्चामा छ ।

सुनसरी क्षेत्र नं। ३ बाट नेकपाको राजनीति गर्दै आएकी महिला नेतृ भगवती चौधरीलाई जिल्ला इन्चार्ज दिनुपर्छ भन्नेमा जिल्ला र केन्द्रका शीर्ष नेताहरुको एक मत छ । ओली समुहमा त्यागी र संघर्षशील महिला नेतृका रुपमा चर्चा कमाउँदै राष्ट्रिय राजनीतिमा रहेकी नेतृ चौधरीले पनि जिल्लामा पार्टीको नेतृत्व गर्न चाहेकी छन् ।

दुईदुई वटा निर्वाचनमा हेविभेट उम्मेद्वार विजयकुमार गच्छदारसँग प्रतिष्पर्धा गर्दै सड्यन्त्र वस पराजय व्यहोरेपनि पार्टीभित्र व्यक्तिगत स्वार्थ भन्दा बाहिर रहेर काम गर्ने नेतृको रुपमा चौधरीलाई लिइन्छ ।

प्रतिनिधिसभा विघटनसँगै मुुलुकमा देखा परेको नयाँ राजनीतिक परिवेशमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शीर्ष नेताहरुले नै काम गर्न नदिएकोले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउँदै आएकी चौधरीले जिल्लामा पार्टीको उपस्थिति बलियो बनाउनका लागि पनि आफुले नेतृत्व लिनुपर्ने बताउँदै आएकी छन् । ‘मलाई लाग्दैन की म जिल्लाको नेतृत्व गर्न सक्दीन, अब पार्टीभित्र योग्यता, क्षमता र विगतको योगदानको कदर गर्नुपर्ने बेला आएको छ ।’ नेतृ चौधरीको भनाई छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news