आगलागीमा परेका परिवारलाई खाद्यान्न वस्तु तथा भाँडाबर्तन वितरण

Logo ९ असार २०७८, बुधबार २०:५८ | Aadil Times                  

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-२ मा आगलागी हुँदा ३ जनाको घर जलेर नष्ट भएको थियो ।

आगलागीबाट अलहाज एहसान अन्सारी, रुस्तुम अन्सारी र रसिद अन्सारीको घर जलेको थियो । पिडित परिवार अनुसार घरका सारा सामान र खाद्यान्न वस्तु समेत जलेर नष्ट भएको छ ।

आज आगलागी स्थलमा हेसरा नेपाल (स्वास्थ्य सेवा तथा उद्धार संघ नेपालका पदअधिकारी सहितको टोली पुगेर पिडित परिवारहरुलाई खाद्यान्न सहित भडा बरतन र ग्यास सिलिन्डर तथा ग्यास चुलो समेतले सहयोग गरेका छन् ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news