आफु जनताको पक्षमा संघर्ष गरेकोले विजयी हुने पुर्ण विश्वास छ

Logo १६ कार्तिक २०७९, बुधबार ११:२१ | Aadil Times                  

आदिल टाइम्स /

आफु जनताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको कारणले विजयी हुने पुर्ण विश्वास नेता अब्दुल रशीद खान ले बताए।

आसन्न मंसिर४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचनमा प्रदेश सभा तर्फ कपिलवस्तु क्षेत्र नं २ ख को लागि डाक्टर अब्दुल रशीद खान जनता समाजवादी पार्टीका तर्फ बाट उम्मेदवारी दिएका छन् ।
आदिल टाइम्स सँग कुराकानी गर्दै आफु जनताको नैसर्गिक अधिकार देखि राजनैतिक हिस्सेदारीको लड़ाई आफु निरन्तर सड़क संघर्ष गर्दै आएको कारणले यस पटकको निर्वाचन आफु विजयी हुने पुर्ण विश्वस्त रहेको उनले बताएका छन् ।
उनले आफ्नो उम्मेदवारी कपिलवस्तुको जनताको दैनिकी लाई सहज बनाउने उद्देश्य रहेकोछ । यहाँको जनतालाई गुणस्तरीय शिक्षा, आधुनिक उपकरण सहितको अस्पताल, किसानको खेतहरुमा पानी र मल को उचित व्यवस्थापन को मुद्दा नै मेरो प्राथमिकताको रुपमा रहेको बताए।

उम्मेदवारी डा.अब्दुल रशीद खानले आफ्नो शब्द जोड्दै भने जिल्लामा भएको सम्पदाहरुलाई संरक्षण संवर्द्धन गर्दै कपिलवस्तु जिल्लालाई खुल्ला म्युजियमको रुपमा बनाउने आफ्नो योजना रहेको बताए।

साथै आफ्नो निर्वाचन क्षेत्रलाई बजारको माँग अनुसार कृषि नमुना क्षेत्रको रुपमा कृषकहरुको उत्पादनलाई राम्रो बाजारको पहुँच गराउने बताए। र कृषकहरुलाई पेन्शनको व्यवस्था समेत गराउने बताए।

डाक्टर अब्दुल रशीद जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष समेत रहेकोले आफ्नो कुरा थप्दै नेता खानले भने संघीयता हाम्रो पार्टीको नेतृत्व भएकोले आन्दोलनको कारण आएकोले संघीयतालाई पुर्ण कार्यान्वयन गर्न हाम्रै पार्टीको उम्मेदवारहरुलाई जनताले विजय गराउने कुराको जिकिर गरे।


सम्बन्धित खबर