इटहरीको रिभरसाईड होटल एण्ड लजमा बेश्याबृत्ति गराउने २ जना पक्राउ

Logo १ पुष २०७८, बिहीबार १५:३३ | Salauoldin Ansari                  

इटहरी / सुनसरीको इटहरी उप-महानगपालिका ९ स्थित रिभरसाईड होटल एण्ड लजबाट बेश्याबृत्ति गराउने कार्यामा संलग्न २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा इटहरी ४ का ३६ बर्षिय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका ५ का २० बर्षिय मिनराज पराजुली रहेका छन् ।

मंसिर २८ गते रिभरसाईड होटल एण्ड लजमा बेश्याबृत्ति गर्ने गराउने कार्य भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले पिडितलाई उद्वार गरेको छ ।

बेश्याबृत्ति गर्ने गराउने लेप्चा र पराजुली दुवै जनालाई सम्मानित जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news