इटहरीको सडकमै हुन्छ खुलेआम यौन धन्दा : रात परेपछी हिड्नै डरमर्दो

Logo ६ असार २०७९, सोमबार ११:२८ | Aadil Times                  

इटहरी भाटभटेनि सुपरमार्केटमा काम गरेर सधै सफारीमा ओहोरदोहोर गर्ने इटहरी बालग्रामकी पुनम भुर्तेल (नाम परीवर्तन) र उनकी साथी एकदिन आफू सगँ पैसा नभएका कारण हिड्दै घर आइन् ।

लगभग ७०० मिटरको दुरी पार गरेपछी बाटमा हिड्दै गरेको उनीहरु नजिकै एउटा अधबैसे मानिसले मोटरसाइकल रोक्यो । र छिच् छिच् गरेर भुर्तेल र उनको साथिको ध्यान आकर्षीत गर्यो । उनिहरुले कोही चिनेकै होला भनेर मानिस तिर हेरे तर होइन रहेछ । रातको समयमा नचिनेको मानिसले त्यस्तो व्यवहार गरेपछी उनिहरु डराए र फटाफटा त्यहाँ बाट हिडे । उनिहरु त्यहाँबाट हिडेपछि त्यो अधबैसे मानिसले पुन स् मोटरसाइकल अगाडि बढायो र भुर्तेलहरु भन्दा अली अगाडी लगेर रोक्यो ।

त्यति भई सकेपछि भुर्तेल र उनकी साथी झन् डराए भुर्लेलको मुटुमा चिसो पस्यो भाट-भटेनिको कर्मचारीको ड्रेस लगाएका उनिहरुलाइ कतै यो मान्छेले लुट्न त आटेन भन्ने सोच आयो ।

भुर्तेल भन्छिन् ‘त्यसरी अगाडि मोटरसाइकल रोकेपछी म त धेरै डराए हिड्दै गरेका म र मेरो साथी रोकियौ त्यसपछि त्यो मानिसले पछाडी फर्केर आफ्नो मोटरसाइकलमा आएर बस्ने इसारा गर्यो’, उक्त समयमा आफुहरु धेरै डराएको उनिहरु बताउछन् ।

लगभग ३० सेकेन्ड सम्म उक्त मानिसले ३ पटक मोटर साइकलमा बस्ने इसारा गरेपछी डराउदै उनिहरु अर्को तिर फर्किए त्यसपछि भने त्यो मानिस त्यस ठाउँबाट मोटरसाइकल लिएर अघि बढ्यो । त्यसपछी उनिहरु पछाडी पनि नफर्की फटाफट अघी बढे । घटना भएपश्चात भुर्तेल र उनकी साथीले कहिल्यै राती उक्त स्थान हुँदै हिडेर घर नआउने उनिहरु बताउछन्  ।

यस्तै भोजपुर घर भइ अध्यनको शिलशीलामा इटहरी बस्दै आएकी पुनम राई एकदिन भोजपुरबाट ढिला गरि इटहरी आइपुगिन् इटहरी ५ रिजल टासीमा बस्दै आएकी राई इटहरीको पश्चिम टेम्पो स्टेन्ड हुँदै कोठा जाँदै थिईन् । बाटामा अल्पसंख्यकहरु र अन्य मानिसहरु प्रसस्तै थिए । रातको १० बजिसकेकाले राई कोठा जाने हतारोमा थिइन् । सडक पेटीमा मोटरसाइकलमा बसेका मानिसहरुले जाने भए जौ है भन्दै राईलाई भने ।

त्यसपछि उनी छिटो छिटो हिडिन् राई भन्छिन् ‘ रातको समय अपरीचित ब्यक्तिहरुले जाउ भन्दा धेरै डराएकी थिए , यसरी मलाइ जाने भए जाउ है भन्ने मानिसहरु त अल्पसंख्यकहरु सगँ यौन बार्गेनिङ गर्न आएका रहेछन् ।’

राई भन्छिन् प्रहरीले पनि यीनीहरुलाइ केही नगर्दो रहेछ उक्त दिन इटहरी चौक तिर भ्यान नै लिएर प्रहरीहरुले सिट्टी बजाउदै होटल बन्द गराइरहेका थिए तर केही वर टम्पो स्टेन्ड छेउमा त्यत्रो भइरहदा समेत वास्ता नहुदो रहेछ ।

माथिका २ वटा घटना त प्रतिनिधि घटनाहरु मात्र हुन् इटहरीका विभिन्न स्थानमा डेरा नै जमाएर हो-हल्ला गर्दै सडकमा नै खुल्लम खुल्ला रुपमा अल्पसंख्यकहरुसगँ यौन बार्गेनिङ्ग हुनाले आम यात्रु तथा सर्व साधारणहरु समेतले इटहरीका सडकमा सुरक्षित महसुस गर्न सकेका छैनन् ।

राती १० बजेपछी विभिन्न कामले पैदल सडकमा हिड्ने हरुलाई आँखा झिम्क्याउने, जिब्रो पड्काउने लगायतका हर्कत गर्दै अश्लिल भाषमा गालीसमेत गर्ने साथै यौन कार्यको लागि आह्वान गर्ने लगायतको काम इटहरीका विभिन्न स्थानमा हुने गरेको छ । विभिन्न फार्मेसी तथा अस्पतालहरुमा नाइट डिउटी गर्ने महिलाहरु तथा विभिन्न काम परेर रातको समयमा सडकमा हिड्ने महिलाहरुले इटहरीमा असुरक्षीत महसुस गर्ने गरेको छन् ।

खासगरी इटहरीको पश्चिम टेम्पो स्टेन्ड र बालग्राम लविपुर आसपासका क्षेत्रहरुमा काठमान्डौँ ,पोखरा लगायतका स्थानहरुबाट समेत आएका अल्पसंख्यकहरुले डेरा नै जमाएर खुल्लम खुल्ला रुपमा यौन धन्दा सञ्चालन गर्दै आइरहेको छन् ।

केही बर्ष अघि इटहरीका तत्कालिन मेयर द्वारीकलाल चौधरीले इटहरीको लविपुरमा ब्याङ्गात्मक रुपमा बढि कस्मेटिक चल्ने भन्दै सार्वजनिक कार्यक्रममै अश्लिल भाषामा भाषण समेत गरेका थिए । मेयर चौधरी ‘आफू काठमान्डौ जादाँ हाई लेभलका मानिसहरुले तिम्रोमा बढि यौन धन्दा चल्छ भनेर भन्छन्’ भनेर चौधरीले सार्वजनिक स्थानमै भाषण समेत गरेका थिए ।

यता यस बिषयमा इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी खड्ग बहादुर खड्का सगँ कुराकानी गर्दा यसरी खुल्लम खुल्ला रुपमा हुने अनैतिक गतिविधीको बिषयमा आफुहरु पनि जानकार रहेको र दैनिक जसो गस्ति गर्ने गरेको साथै धेरैपटक धेरै जनालाई नियन्त्रणमा लिएर सम्झाएर छाड्ने गरेको बताए ।

“हामीले यस्ता अनैतिक गतिविधी हुन नदिन बिभिन्न स्थानमा गस्ति टोलिहरु समेत परीचालन गर्ने गरेका छौ, इटहरीमा नयाँ जन प्रतिनिधीहरु आउनु भएको छ अब यस्ता अनैतिक गतिबिधी हुने स्थानहरुमा उज्यालो बत्तिको समेत ब्यबस्था गर्ने बारे छलफल भइरहेको छ ।” डिएसपी खड्काले सञ्चारपाटी सगँ भने ।

खुल्ला रुपमा हुने यस्ता अनैतिक गतिविधी पहिले भन्दा कम भएको र उपमहानगरपालीका सगँ छलछल गरेर यस्ता अनैतिक गतिविधी रोक्न इलाका प्रहरी कार्यलयले कदम चाल्ने समेत डिएसपी खड्काले बताए ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news