इमरान मन्सुरीकाे अध्यक्षतामा बर्जु मुस्लिम माेर्चा गठन

Logo ७ कार्तिक २०७८, आईतवार २०:३७ | Aadil Times                  

बर्जु । प्रतिक्षण सम्बाददाता । मुस्लिम मुक्ति मोर्चा बर्जु गाउँपालिकाकाे सम्पन्न अधिवेशनमा इमरान मन्सुरीकाे अध्यक्षतामा १७ सदस्यीय पालिका समिति गठन भएकाे छ ।

अधिवेशनमा सर्वसम्मतिले पदाधिकारीहरू निर्वाचित भएका छन् । माेर्चाकाे बर्जु उपाध्यक्षमा इर्शाद अन्सारी, सचिबमा मोहम्मद कलाम, सहसचिबमा जुग्नु अन्सारी, कोषाध्यक्षमा जहना खातुन निर्वाचित भएका छन् । अधिवेशनमा सदस्यमा मोहम्मद रिजवान, मोहम्मद शाेऐब मन्सुरी, रेहान फजल, माे. इम्तियाज, मो. फैजान, मो. अली हुसेन, मो. जमसेद, मो. हसीब अन्सारी, मो. कुर्बान मन्सुरी, तरन्नुम खातुन, जिशान अन्सारी निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्र सुनसरीका संयाेजक सुरेन्द्र मेहताकाे प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा पूर्वमन्त्री तथा माेर्चा प्रदेश १ ईञ्चार्ज माेहम्मद जाकिर हुसैन, प्रदेश संयाेजक हैदर अली, प्रदेश सचिव माे. जहाँगीर (सद्दाम), माेर्चाका केन्द्रीय सदस्य हाजी जियाउल हक, एहसान अन्सारी र सुनसरी मोर्चा संयोजक असफाक आलमकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३५ जना युवा माओवादी पार्टीमा आबद्ध भए ।

कार्यक्रममा जिल्ला संयाेजक सुरेन्द्र मेहताले प्रशिक्षण दिंदै माओवादी पार्टीकाे दस वर्षे जनयुद्धले ल्याएका परिवर्तनहरूले मुस्लिम, मधेशीलगायतका समुदायलाई निकै माथि उठाएकाे बताए ।

कार्यक्रममा बाेल्दै पूर्वमन्त्री हुसैनले भने, ‘तपाईंका बस्तीहरूमा अढाई सय वर्षमा नबनेका सडक, पुलपुलेसा, बिद्यालय, स्वास्थ्य केन्द्र, स्कुल, मद्रसा कलेजहरू २०७४ पछिकाे ३-४ वर्षकाे कम समयमा द्रुत गतिमा बनिरहेका छन्; यही हाे संघीयता, अढाई सय वर्ष राज गरेकाे शाेषक राज घरानालाई हटाएर जनताकाे शासन कायम भएकाे छ; यही हाे गणतन्त्र; सबैकाे सहभागिता हुने लाेकतन्त्र आएकाे छ; यही हाे सहभागितामूलक समावेशी लाेकतन्त्र, सबैले आफ्नाे अधिकार प्राप्तिकालागि निर्धक्क बाेल्न सकेका छन्; याे हाे वास्तविक स्वतन्त्रता, एउटा धर्म विशेषकाे राज्य हाेइन, सबैले आफ्नाे धर्म निर्धक्क अभ्यास गरेका छन्, राज्यकाे कुनै धर्म छैन; यही हाे धर्मनिरपेक्षता । र, यी सबै कुरा माओवादी पार्टीकाे एजेण्डा हुन् ।

यीनै एजेण्डाहरूले हामी सबै आज विकास र समृद्धितर्फ लम्केका छाैं ।’
gorkhali-news

सम्बन्धित खबर


gorkhali-news