कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ

Logo २७ जेष्ठ २०७८, बिहीबार १३:०३ | Aadil Times                  

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले जिल्लाको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिका क्षेत्रबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-४ मा रहेको बाह्रसिङ्गा होटल एण्ड लजका सञ्चालक भुवन साहु र बेलौरी नगरपालिका-९ का १९ वर्षीय गोपाल ठगुन्ना रहेको प्रहरीले जनाएको छ ।

होटल सञ्चालक साहुलाई कारोबार गरिरहेको अवस्थामा १.४२ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो भने ठगुन्नाको साथबाट पनि १२ ग्राम २० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

उनीहरु दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news