कतार च्यारिटी द्वारा समाज कल्याण परिषदलाई व्यसायिक तालीम केन्द्र हस्तान्तरण

Logo २८ भाद्र २०७९, मंगलवार १८:२७ | Aadil Times                  

शमशाद आदिल – काठमांडौ

कतार च्यारिटी नेपालले काठमांडौको बुढानीलकण्ठ -३ स्थित व्यसायिक तालीम केन्द्रको नव निर्मित भवन समाज कल्याण परिषदलाई हस्तान्तरण गरेकोछ। भवनलाई समाज कल्याण परिषदका अध्ययक्ष तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको अध्यक्षतामा आज एक कार्यक्रम गरी कतार च्यारिटी द्वारा हस्तानांतरण गरिएकोछ।
हस्तांतरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री उमा रेग्मीले तालीम केन्द्रको सक्दो सही सदुपयोग गर्दै बाहिरि मुलुकमा काम गर्न जाने युवाहरुलाई गुणस्तरीय तालीम प्रदान गर्ने विश्वास व्यक्त गरिन। साथै खाड़ी मुलुकहरुको उपभोक्तालाई मध्येनजर गर्दै आवश्यकता परिपुर्ति गर्न गुणस्तरीय र लाभकारी सीपमूलक तालीम हरुको सन्चालन गर्नु पर्ने समेत जिकिर गरिन ।

समाज कल्याण परिषदको व्यवासयिक तालिम केन्द्रको उद्घाटन तथा हस्तांतरण समारोहमा कतारी राजदूत मोहम्मद यूसुफ अल्हैलको प्रमुख आतिथ्यतामा र स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएकोछ।


सम्बन्धित खबर