कता जाँदै छ नेपालको भाषा

Logo १४ चैत्र २०७८, सोमबार २२:५५ | Aadil Times                  

पूर्णिमा खाती ,नवलपुर/

कुनै समय थियो अङ्ग्रेजी पढ्न र लेख्न जान्ने मान्छे भेट्टाउन गाह्रो पर्थ्यो। अहिले यस्तो समय आएको छ, शुद्ध नेपाली पढ्न र लेख्न जान्नु भनेको ठूलो प्रतिभा हो। आजकल मानिसहरु शुद्ध नेपाली पढ्न र लेख्न जान्नु त परको कुरा शुद्ध नेपाली भाषा बोल्न नि जान्दैनन्।
सुचना र प्रविधिको विकाससङ्गै नेपालको निकै नै प्रभाव परिरहेको छ। युवापुस्तामा आफ्नो मातृभाषा अथवा नेपाली भाषा भन्दा पनि अङ्ग्रेजी भाषा बढी लोकप्रिय बनेको छ। यतिमात्र नभएर शुद्ध नेपाली भाषा सुन्नकै लागि विकट गाउँतिर जानुको विकल्प छैन। उमेरले तिनबिसा लागेका मानिसहरु पनि अङ्ग्रेजी नमिसाई बोल्न जान्दैनन्। युवापुस्ता र उमेर ढल्केकाहरु मात्र होइन,बालबालिका र किशोरकिशोरीको अवस्था पनि उस्तै छ। उनीहरुलाई कतिपय नेपाली शब्द नै थाहा छैन। जानकारी नै छैन। उनीहरु कुनै वस्तुको नाम अङ्ग्रेजीमा भन्न जान्दछन तर नेपालीमा के भन्छ थाहा छैन भन्ने अवस्थामा छन्।

यसरी नै आफ्नो भषाको प्रयोग कम हुँदैजाने हो भने शताब्दीपछि नेपालको भाषाभाषी कुनै इतिहासमा मात्र सिमित नहोला भन्न सकिन्न।
बालबालिकाको पहिलो पाठशाला भनेको घर हो। हामीले उनीहरुलाई जस्तो भाषा सिकायो उस्तै सिक्छन। उनीहरुले विभिन्न कार्टून र सिनेमाबाट पनि धेरै कुरा सिकिरहेका हुन्छन्। त्यसैले यी हेर्ने र सुन्ने सामग्री नेपाली भाषामा हुने हो भने केही सुधार हुनसक्छ।
त्यस्तै, विद्यालयमा पनि नेपाली भाषालाई जोड दिएर सिकाउन सकियो भने पनि नेपाली भाषा लोप हुनबाट जोगिन सक्ने सम्भावना छ। जब नेपाली शिक्षिका पढाउन कक्षामा जानुहुन्छ, विद्यार्थीहरु भन्छन्”गुड मर्निङ मिस!” यहि अभिवादनलाई नेपालीमा “शुभप्रभात गुरुआमा, हजुरलाई हाम्रो कक्षाकोठामा स्वागत छ!” भन्न सिकाउने हो भने परिवर्तन त्यहीँबाट सुरु हुन्छ। यी त केवल उदाहरण मात्र हुन्, अरु पनि धेरै तरिकाहरु अपनाएर बालबालिकालाई शुद्ध नेपाली बोल्न र सिकाउन सकिन्छ।
नेपाली भाषाको संरक्षण गर्नुको मतलब अङ्ग्रेजी भाषा आवश्यक नै छैन भन्ने कदापि होइन।

विश्वव्यापी रुपमा प्रचलित अङ्ग्रेजी भाषा पनि उत्तिकै महत्त्वपूर्ण र आवश्यक छ। तर अङ्ग्रेजीको प्रयोग गर्दागर्दै आफ्नै भाषा बिर्सिने पो हौँ कि ? अङ्ग्रेजी भाषाको चरम प्रयोगकै कारण अहिले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी एउटै प्रश्नको उत्तर नेपालीमा लेख्न सक्दैनन् तर अङ्ग्रेजीमा सजिलै लेख्छन्। येसरी नै अङ्ग्रेजी भाषाको अधिक प्रयोग हुँदै गयो भने नेपाली लिपि र भाषा लोप हुने निश्चित छ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news