काठमाडौं किङ्ग्स इलाभेन सात विकेटले विजयी

Logo ९ आश्विन २०७८, शनिबार १६:२२ | Aadil Times                  

काठमांडौ संवाददाता /

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को पहिलो खेलमा काठमाडौँ किङ्ग्स–११ ले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँले शहिद अफ्रदीको ब्याटिङबिना नै साविक विजेता ललितपुर प्याट्रियेट्समाथि ३२ बल बाँकी रहँदा ७ विकेटको जित हात पारेको हो । पहिलो इनिङ्समा ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाउँदा काठमाडौँले १५८ रनको लक्ष्य प्राप्त गरेको थियो । काठमाडौँले खेलको १४ दशमलव २ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । अन्तर्राष्ट्रिय खेलाडी रहमानउल्लाह गुर्बाज ५९ रनमा आउट भएपछि रायनले आक्रमक स्वरुप अपनाएका थिए ।

ललितपुरविरुद्ध रायन बर्लले २७ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । खेलको ११ दशमलव ४, ५ र ६ ओभरमा बर्लले छक्काको ह्याट्रिक बनाउन सफल भए । बर्ल र राजुको राम्रो साझेदारीले काठमाडौँले खेल जित्दा बर्लले सर्वाधिक ७६ रन बनाउन सफल भए । भोलि विराटनगर वारियर्स र चितवन टाइगर्स साढे ९ बजे र भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजले साढे १ बजे प्रतिस्पर्धा गर्नेछन् ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news