कुवेतमा नेपाली फुटबल टोलिले अभ्यास सुरु गर्यो

Logo १८ जेष्ठ २०७८, मंगलवार २३:०२ | Aadil Times                  

विश्वकप फुटबल २०२२ को छनोट प्रतियोगिता खेल्न कुवेत पुगेको नेपालको राष्ट्रिय फुटबल टोलिले अभ्यास सुरु गरेको छ । शनिबार इराकको राष्ट्रिय टोलिसँग मैत्रीपूर्ण फुटबल खेलेको नेपाली फुटबल टोलि सोमबार कुवेत पुगेको थियो ।अखिल नेपाल फुटबल संघका अनुसार राष्ट्रिय फुटबल टोलिले सोमबार मंगलबार कुवेतको काज्मा स्पोर्ट्स क्लबमा अभ्यास गरेको छ । प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीको प्रशिक्षणमा टोलिका सदस्यहरु खेल मैदानमा अभ्यास गरेका छन् । एन्फाले साझा गरेको तस्विरमा टोलिका सदस्यहरु कुवेत पुग्ने बित्तिकै जिम क्लबमा शारीरिक अभ्यास गर्दै काज्मा स्पोर्ट्स क्लब पुगेका थिए ।कुवेतमा नेपालले विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्तको दोस्रो चरणमा चाइनिज ताइपेइ, जोर्डन र अष्ट्रेलियाको सामना गर्नेछ । नेपालले छनोट अन्तगर्तको छैठौं खेलमा बिहीबार चाइनिज ताइपेइको सामना गर्नेछ । नेपाल तालिकाको चौथो स्थानमा छ । नेपालले छनोट अन्तगर्तको पाँच खेलमध्ये एउटामा मात्र जित हात पार्न सकेको छ । नेपाल छनोट चरणमा समूह बी मा छ ।कुवेत प्रस्थान गर्नुअघि नेपालले शनिबार इराक बिरुद्ध मैत्रीपूर्ण स्पर्धा गरेको थियो । जसमा नेपालले इराकसँग २–६ ले हार बेहोरेको थियो ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news