कोभिड नेपाल: सङ्क्रमित बढेर छ हजार थपिए, मृत्यु हुने घटेर ६८ जना

Logo १८ जेष्ठ २०७८, मंगलवार २२:२८ | Aadil Times                  

नेपालमा विगत २४ घण्टामा ६,०८५ जना कोभिड बिरामी थपिएका छन्।त्यस्तै सो अवधिमा थप ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाएको छ।कुल २०,१६५ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ३,०१८ एन्टिजन परीक्षण हो जसबाट ८०० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।सो अवधिमा परीक्षण गरिएकामध्ये ३० प्रतिशतमा सङ्क्रमण देखिएको छ।

थप ६,८९८ जना भने सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

नेपालमा कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ६६ हजारभन्दा बढी पुगेको छ जसमध्ये अहिले एक लाख चार हजार सात सय ८९ जनामा सक्रिय सङ्क्रमित छन्। कुल सङ्क्रमितमध्ये ३९ प्रतिशत महिला हुन्।कुल सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् भने १.३ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्।अहिलेसम्म कुल ७,४५४ जनाको मृत्यु भइसकेको छ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news