कोरोना संक्रमण : श्रीलङ्काको बेवास्ताबाट विश्वलाई शिक्षा

Logo १८ जेष्ठ २०७८, मंगलवार २३:५१ | Aadil Times                  

श्रीलङ्कामा कोरोना महामारीको तेस्रो लहर शुरू भएको छ । यसले दैनिक जनजीवन, अर्थतन्त्र, शिक्षा सबै क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । कोरोनाका कारण निधन हुने व्यक्तिको संख्या हजार पुग्न आँट्दै छ । करिब ३० हजार जना सक्रिय संक्रमित अस्पतामा भर्ना भएका छन् । यो कुनै आश्चर्यको विषय भने होइन ।

श्रीलङ्कामा हाल बढेको कोरोना संक्रमितको संख्या अप्रिलमा मनाइएको चडापर्वका कारण हो । अप्रिल महीनाको मध्यमा पर्ने नयाँ वर्ष मनाउन सिङ्घाला र तामिल समुदाय बजारमा किनमेल गर्न निस्कँदा कोरोना फैलिएको हो ।

सामाजिक सञ्जालमा आएका फोटाहरूमा देखिएअनुसार मानिसहरू कोलम्बोको पानुमुवा सडकमा रहेको कपडाको बजारमा किनमेलका लागि लामो लामो लाइनमा बसेका देखिन्छन् ।

श्रीलङ्काको सार्वजनिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरूले सरकार र आम मानिसलाई महामारीको जोखिमको विषयमा जानकारी गराएका थिए । उनीहरूले सरकारलाई लकडाउन लगाउन आग्रह समेत गरेका थिए । उनीहरूको कुराको कतै सुनुवाई नै भएन । सिङ्घला र तामिल समुदायले कुनै अवरोधविना नयाँ वर्षको उत्सव मनाए ।

श्रीलङ्कामा नयाँ वर्ष मनाउने आफ्नै खालको मौलिकता छ । उनीहरू प्राचीन समयदेखि नै नयाँ वर्षमा नजिक अथवा टाढाका आफन्तलाई भेट्न जान्छन् । यसक्रममा उनीहरू उपहार लैजान्छन् । यो पर्व मनाउने मानिसहरू हुन् अथवा नमनाउने, प्रायःजसोले छुट्टीको समयमा यात्रा गर्छन् ।

कोरोना संक्रमणको दर बढ्न थालेको केही हप्तापछि, राज्यले क्वारेन्टिन प्रबन्ध बढाउन अनिवार्य गर्‍यो । केही समयमा नै सघन उपचार कक्ष र कोभिड अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आयो । मेसम्ममा अस्पताल आउने बिरामीको संख्यामा बाढी आउन थाल्यो ।

पहिले नै अनुमान गरिएको महामारीको दुर्घटनाबाट बच्न सरकारले किन तयारी गर्न सकेन ? भ्याक्सिननेसन कार्यक्रम एकदमै सुस्त गतिमा रहेको हुँदा महामारी फैलिन नदिनु असम्भव नै थियो । श्रीलङ्काको सबैभन्दा प्रमुख भ्याक्सिन वितरक सिरम इन्स्टिच्युट आफैँ संकटमा परेको हुँदा पनि त्यहाँ भ्याक्सिनको कार्यक्रमले तीव्रता हासिल गर्न नसकेको हो ।

पूर्वतयारीको अभाव, संवादको कमी र सहकार्यको अभावका कारण महामारी नियन्त्रणमा विश्व नै प्रभावमा पारेको छ । यी कुरा राम्रोसँग व्यवस्थित गर्न नसक्दा कस्तो परिणाम आउन सक्छ भन्ने जान्न श्रीलङ्का एक गतिलो उदाहरण हो ।

कोभिड१९ प्रसार : गर्न नहुने काम

श्रीलङ्का स्वास्थ्य सेवाका उपनिर्देशकका अनुसार संक्रमण कम्तीमा केही हप्तासम्म अझै कायम रहने सम्भावना छ । राज्यका अधिकारीहरूले संक्रमण दर बढ्दै गएपछि त्यसलाई कम गर्न केही मार्गनिर्देशन बनाएका छन् जुन सबैले पालना गर्न सक्छन् ।

सरकारले सबै किसिमको यात्रामा कडाइका साथ बन्देज लगाएको छ, यो बन्दका लागि सरकारले प्रयोग गरेको शब्द कर्फ्यू समानको छ । यद्यपि, सरकारका अधिकारीहरूले यो कर्फ्यू होइन भन्ने जिकिर गर्ने गरेका छन् ।

नयाँ मार्गनिर्देशन अनुसार सरकारले कोही व्यक्तिलाई पनि राति ११ बजेदेखि बिहान ४ बजेसम्म घरबाट बाहिर निस्किन दिएको छैन । यो नियम मे ३१ सम्म जारी रहने उल्लेख गरिएको छ । यो नियम व्यापाकरूपमा लागू गर्नुको सट्टा सरकारले शुक्रबारको रातमा यो नियम परिर्वतन हुन सक्ने बतायो ।

मानिसलाई घरबाहिर निस्किनु परेको अवस्थामा राष्ट्रिय परिचयपत्रको अन्तिम नम्बरको हिसाबमा बाहिर निक्सिने व्यवस्था मिलाउने बताइएको छ । तर, यी कुनै पनि नियम हालसम्म कार्यान्वयन भएको छैन । न त भ्याक्सिन लगाउन जाने मानिसका हकमा यो नियम कार्यान्वयन भएको छ, न आर्थिक उपार्जनको क्षेत्र, कृषि क्षेत्रमा काम गर्ने मानिसको हकमा लागू भएको छ ।

यी कुनै पनि नियम बाध्यात्मक र स्पष्ट थिएनन् । सरकारले कानून पालनका लागि गरेको आह्वानको केही समयमा नै सयौँको संख्यामा मिम्स सामाजिक सञ्जालमा फैलिन थलेको थियो । सरकारको यस्तो आग्रहको व्यङ्ग्यपूर्ण समाचार प्रकाशन गर्ने साइट र हास्यकलाकारले परिहास गर्न थाले । भर्चुअल समाजका केही प्रसिद्ध व्यक्तिहरूले सरकारको आग्रहलाई आफ्नै हिसाबले व्याख्या गर्ने कोशिस गरे ।

सामाजिक सञ्जाल एक प्रयोगकर्ताले यसलाई ‘श्रोडिङ्गर कफ्र्यू’ को सज्ञा दिए, क्वान्टम यन्त्रिक परिक्षण पश्चात उनले यस्तो नामकरण गरेका थिए । यो काल्पनिक परीक्षणका लागि प्रयोग हुने नाम हो, यो परीक्षण विधि ज्यादै प्रख्यात भए पनि वास्तविकरूपमा यो कसैले बुझेका छैनन् । सरकारले जारी गरेको पाँच बुँदे मार्गनिर्देशनलाई पनि यही काल्पनिक परीक्षणको स्तरमा राखिएको छ ।

समाचार कक्षमा पनि सरकारले जारी गरेको मार्गनिर्देशनले भन्न खोजेको कुरा पत्ता लगाउन सघर्ष गर्नुपर्‍यो । मानिसहरूले हता हतार आवश्यक सामग्री किनमेल गरे । दुवै राज्यका श्रमिकहरू आफ्नो घर फर्किंदै थिए ।

सामाजिक सञ्जाल प्रयोकर्ताले सरकारको कदमलाई हाँसोका रूपमा लिए । सरकारले जारी गरेको मार्गनिर्देशन राजधानी कोलोम्बोमा दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने श्रमिक वर्गका लागि दुस्वप्न जस्तै थियो । अन्तर प्रान्तीय यातायात केही दिनअघि नै बन्द गरिएको थियो ।

सरकारले जारी गरेको अस्पष्ट मार्गनिर्देशन आम व्यक्तिले बुझ्ने किसिमको थिएन । त्यसैले उनीहरूलाई के कुरा कतिखेर गर्ने भन्ने बुझ्नै समस्या भयो । अवस्था कतिसम्म खराब भएको छ भन्ने बुझ्ने परिस्थिति समेत उनीहरूसँग थिएन ।

अस्पष्टता : जानजान कि नजानेर !

सरकारका आलोचकहरूका अनुसार, अस्पष्ट मार्गनिर्देशन नजानेर गरिएको गल्ती थिएन । तीन दिनको साप्ताहिक बिदाअघि लगाइएको यात्रा प्रतिबन्ध पूर्णतया भेदभावपूर्ण भएको विपक्षी दलका सांसद मुजिबुर रेमान दाबी गर्छन् ।

एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रेमानले उक्त प्रतिबन्ध श्रीलंकाका मुश्लिम सम्प्रदाय लक्ष्यित भएको आरोप लगाए । मुश्लिम सम्प्रदायका मानिसहरू ले मे १४ मा इद मनाउँदै थिए ।

सांसद रेमानका अनुसार सार्वजनिक स्वास्थ्य अधिकारीले त्यसअघि नै लकडाउन गर्नुपर्ने सुझाब दिँदा सरकारले सुनेको नसुन्यै गर्‍यो । उनी भन्छन्, ‘स्वास्थ्य अधिकारीहरूले यो वर्षको अप्रिल महीनाबाट नै यात्रा प्रतिबन्ध र लकडाउन गर्नुपर्ने माग गरेका थिए तर सरकारले उनीहरूको आग्रहलाई सुनेन ।’

जब प्रतिबन्धको घोषणा भयो, मानिसहरू आफ्नो परिचय पत्रमा भएको अन्तिम अंकका हिसाबमा हिँड्डुल गर्न सक्ने बताइयो । अचानक सरकारले मे १७ बाट बाहिर जानै नपाउने निर्णय सार्वजनिक गर्‍यो । सरकारको यो निर्णय सम्प्रदायिकरूपमा भेदभाव पूर्ण रहेको रेमानको आरोप छ ।

रेमान भन्छन्, ‘हाम्रो चाड अप्रिल महीनामा पर्ने थियो भने सरकारले त्यही बेला पूर्णरूपमा प्रतिबन्द लगाएको हुन्थ्यो । तर, हाम्रो चाड मे महीनामा परेको छ ।’

महामारीको शुरूवातदेखि नै श्रीलङ्काको जुन यहाँका अल्पसंख्यक सम्प्रदायका मुश्लिमहरूले धेरै भेदभाव व्यर्होनु परेको रेमानको भनाइ छ । उनी भन्छन्, ‘कोभिड–१९ का कारण निधन भएका व्यक्तिहरूको अन्तिम संस्कारका क्रममा पनि सरकारले भेदभाव गरेको छ । पाकिस्तानका प्रधानमन्त्रीको आग्रहपछि मात्रै मुश्लिम सम्प्रदायका मानिसलाई जलाईएको थियो ।’

कोभिड–१९ का कारण निधन भएका मानिसको हकमा श्रीलङ्का सरकारले कडा नीति लिएको छ । आन्तरिक र बाह्य दबाबका बाबजुद हालै भएको पकिस्तानी प्रधानमन्त्री इमरान खानको श्रीलङ्का भ्रमणपछि मात्रै मुश्लिम सम्प्रदायका मानिसको लास जलाउने व्यवस्था मिलाइएको छ । त्यसपछि मात्रै कोभिड–१९ बाट निधन भएका व्यक्तिलाई इरानीतिवुमा जलाउने व्यवस्था मिलाइएको हो । सरकारको यस्तो निर्णयको ग्रामीण क्षेत्रमा बस्ने तामिल क्याथोलिक समुदायले विरोध गरेको थियो ।

महामारीलाई सम्बोधन गर्ने विषयमा श्रीलङ्कामा देखिएको जातीय विभेदको यो मात्रै उदाहरण होइन । वर्षको शुरूवातमा जब सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको मार्गनिर्देशन खुकुलो गर्‍यो, मानिसहरूलाई समान्य अवस्थामा फर्किन आग्रह गरिएको थियो । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले यस्तो निर्देशन दिएको बतायो ।

सन् २०१९ को इस्टर सनडेमा भएको आक्रमणका कारण श्रीलंकाको पर्यटन क्षेत्रले ठूलो नोक्सानी व्यर्होनुपरेको थियो । श्रीलङ्काको अर्थतन्त्रको प्रमुख स्रोतका रूपमा मानिने वैदेशिक रोजगारीमा रहेको कामदार पनि महामारीमा स्वदेश फर्किन बाध्य भएका छन् ।

कानून पालना कम हुँदै गए पनि नियामक संस्थाले पनि त्यसतर्फ खास ध्यान दिन छोड्यो । देशका उच्च पदस्थ व्यक्तिहरू नै खेलकुदका कार्यक्रममा सहभागी हुन थाले । कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको कानून देखिने गरी नै पालना हुन छाडेको थियो ।

जब संक्रमण दर बढ्न थाल्यो तब कानून पालना गराउने संस्थाले भेदभाव पूर्ण व्यवहार गर्न थाल्यो । समाजमा स्वास्थ्य मापदण्डको पालना नगर्ने व्यक्तिलाई पुलिस र प्रशासनले नराम्रो व्यवहार गर्न थाल्यो, त्यो पनि सार्वजनिक स्थानमौ । केहीले प्रशासनको कदमको प्रशंसा गरे भने केहीले यो तामिलहरूको बाहुल्य रहेको उत्तरी श्रीलङ्कामा मात्रै यो किन यस्तो अभ्यास गरिएको भन्दै प्रश्न उठाए ।

आलोचना बढ्न थालेपछि पीपीई लगाएका राजधानी कोलम्बोका प्रहरीले मानिसलाई अगुवाइ गर्न थाल्यो । यो हप्ता जारी गरिएको कर्फ्यूअघिसम्म राजधानी नजिक रहेको अन्य प्रान्तमा यस्तो भएको पाइँदैन । पुलिसका प्रवक्तासँग यस विषयमा सोध्दा कोही पनि मानिसलाई हिरासतमा लिन प्रहरीलाई मनाही गरिएको बताए ।

साता लामो कर्फ्यू मे १७ मा सकियो । यसपछि पनि सरकारले अर्को निषेधाज्ञा जारी गर्‍यो, जुन अस्पष्ट छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news