चितवनमा माओवादीतर्फ मुस्लिम समुदायकाे आकर्षण

Logo २८ भाद्र २०७९, मंगलवार ०८:०१ | Aadil Times                  

आदिल टाइम्स /

माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय अतहर हुसैन फारुकी र जाकिर हुसैन सांगठिनक देश दाैडाहामा निस्केका छन् ।

अभियानकै क्रममा नेताद्वयले भदौ २७ गते सोमवार चितवनमा मुस्लिम मुक्ति माेर्चा नेपालकाे जिल्ला भेलालाई सम्बाेधन गरेका छन् ।

माेर्चाले पदाधिकारी बेठकद्वारा तय गरेकाे ‘मुस्लिम माओवादीमा किन?” अभियानकाे पम्फलेटसमेत केही दिनभित्र अन्य मुस्लिम केन्द्रीय नेतासहित साे देश दाैडाहालाई तीव्र पार्ने कार्यक्रम रहेकाे उनले बताए ।

आजकाे सभालाई सम्बाेधन गर्दै माेर्चा अध्यक्षसमेत रहेका फारुकीले भने, ‘मुस्लिम समुदायकाे हकमा माओवादी पार्टीले धर्मनिरपेक्षता, समावेशिता, संवैधानिक मुस्लिम आयाेग आदि व्यवस्थाहरू गराउन सफल भएकाे हाे । माओवादीले यस समुदायलाई सम्मान दिलायाे, पहिचान दिलायाे; अब माओवादीलाई समुदायकाे साथ र समर्थन चाहिएकाे छ ।’

पूर्व मन्त्री तथा माेर्चाका पूर्व महासचिव जाकिर हुसैनले भने, ‘मुस्लिमलगायत समुदायकाे हकमा दुरगामी प्रभाव पार्ने सबै परिवर्तन माओवादीकाे संघर्ष र आन्दाेलनले भएकाे हाे । संविधानमा मुस्लिम समुदायकाे पृथक राष्ट्रिय पहिचान कायम गर्ने पक्षमा संविधान सभाभित्र माओवादी पार्टी मात्र थियाे । अरू सबै यस मागकाे विराेध गर्दै थिए ।’ संविधानसभा सदस्यसमेत रहेका हुसैनले भने, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता; यी सवै परिवर्तन मुस्लिम समुदायकाे हकमा छन् । र, यी सवै परिवर्तनकाे संवाहक शक्ति माओवादी नै हाे ।’ ‘यी सवै परिवर्तनकाे बढी फाइदा मुस्लिम समुदायलाई भएकाे छ ।’ ‘माओवादीले अधिकार सम्पन्न कार्यकारी मुस्लिम आयाेगकाे परिकल्पनाअनुसार मुस्लिम आयाेगकाे व्यवस्था गरेकाे थियाे । आयाेगकाे व्यवस्था त भयाे तर यसलाई कार्यकारी, शक्तिशाली र अधिकार सम्पन्न बनाउनुकाे सट्टा लुलाे लङ्गडाे बनाइयाे । यसकाे पुनर्संरचना गर्ने कनम हाम्राे काँधमा छ’ उनले भने, ‘संविधानद्वारा ल्याइएका सवै परिवर्तनहरूका रक्षाकाेलागि र देशकाे अर्थतन्त्रलाई मजबुत गरी समृद्धिकाेलागि पनि माओवादीलाई मजबुत गर्नैपर्छ ।’

चितवनकाे यस कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, माेर्चाकाे बाग्मती ईञ्चार्ज नजिबुल्लाह अन्सारी र संयाेजक कमालुद्दीन मियाँकाे उपस्थिति रहेकाे थियाे । भेलाले नेक माेहम्मदकाे अध्यक्षतामम ३३ सदस्यीय जिल्ला समिति गठन गर्याे ।


सम्बन्धित खबर