जमीयत अहले-हदीसको अध्यक्षमा अब्दुल हई मदनी निर्वाचित

Logo २५ कार्तिक २०७८, बिहीबार १९:१० | Aadil Times                  

आदिल टाइम्स, काठमाडौं-

मुस्लिम समुदायका समाजिक तथा धार्मिक अगुवाहरुको साझा संस्थाको रुपमा जमियत अहले हदीस नेपालको नया कार्यसमितिको अध्यक्षमा मौलाना अब्दुल हई मदनी विजयी हुनु भएको छ । आज काठमाडौंमा मुस्लिम आयोगका अध्यक्ष शमीम अंसारीको प्रमुख आतिथ्यतामा संचालन भएको अधिवेशनबाट उपाध्यक्ष पदका लागि मोहम्मद ख़ालिद मदनी र मोहम्मद अली सल्फी सर्वसम्मतिले निर्वाचित भएका छन । त्यसै अनुरूप महासचिवमा अजीजुर्रहमान तुर्बत मदनी र सह सचिवहरूमा जमाल अहमद शाह र वलीउल्लाह मदनीले पनि आफ्नो स्थान कायम गरेका छन भने कोषा अध्यक्षमा मौलाना तुफैल मदनी निर्वाचित भएका छन ।

लामो समय देखि विवादित बनेको जमियतको निर्वाचन आज शान्तिपूर्वक सम्पन्न भएकोमा मुस्लिम समुदायमा खुशी फैलिएको छ। जमियत विगत दुइ दशक देखि समाजिक तथा शैक्षिक क्षेत्रमा कार्यक्रम गर्दै आएको छ ।

मौलाना अब्दुल हई मदनीको अध्यक्षतामा चयन भएको नया कार्यसमितिलाई मौलाना जियाउर्रहमान खान संविधान सभा सदस्य मुख्तार अंसारी एस समाजवादी पार्टी का नेता ताज मोहम्मद मिया कान्फिडेंस नेपालका अध्यक्ष शमशाद आदिल लगायत समाजिक अगुवाहरुले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन ।

 

 

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news