टी-२० विश्वकपमा २० टिम र एकदिवसीय विश्वकपमा १४ टिमबीच प्रतिस्पर्धा गराउने निर्णय

Logo १८ जेष्ठ २०७८, मंगलवार २३:३६ | Aadil Times                  

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२४ देखि २०३१ सम्म हुने आइसिसी इभेन्ट्समा सहभागी संख्या परिमार्जन गरेको छ।

मंगलबार बसेको आइसिसीको बोर्ड बैठकले एकदिवसीय विश्वकप र टी-२० विश्वकपमा सहभागी संख्या बढाउने र च्याम्पियन्स ट्रफी फेरि सुचारू गर्ने निर्णय गरको हो।

आइसिसीका अनुसार सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकपमा १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। त्यसअघि २०२३ मा भारतमा हुने तय एकदिवसीय विश्वकपमा भने १० टिमबीच मात्र प्रतिस्पर्धा हुनेछ।

यस्तै टी-२० विश्वकपमा सहभागी टिम संख्या २० पुर्‍याउने निर्णय भएको छ। सन् २०२४, २०२६, २०२८ र २०३० को टी-२० विश्वकपमा २० टिमबीच प्रतिस्पर्धा हुनेछ। त्यसअघि २०२१ र २०२२ को टी-२० विश्वकपमा भने १६ टिमबीच प्रतिस्पर्धा हुनेछ।

८ टिमबीच हुने च्याम्पियन्स ट्रफी २०२५ र २०२९ मा हुनेछ। 

यस्तै विश्व टेस्ट च्याम्पियनसिपको फाइनल २०२५, २०२७, २०२९ र २०३१ मा गर्ने आइसिसीको निर्णय छ। 

एकदिवसीय विश्वकपमा ७-७ टिम गरी दुई समूहमा खेलाइनेछ। शीर्ष ३-३ टिम गरी ६ टिमबीच सुपर सिक्स हुनेछ। त्यसपछि सेमिफाइन र फाइनल हुनेछ।

टी-२० विश्वकपमा ५-५ टिम सम्मिलित ४ समूहमा प्रतिस्पर्धा हुनेछ। प्रत्येक समूहमा शीर्ष २-२ टिम गरी ८ टिम सुपर-८ मा पुग्नेछन्। त्यसपछि सेमिफाइनल र फाइनल हुनेछ। 

च्याम्पियन्स ट्रफी ४-४ टिम सम्मिलित २ समूहमा प्रतिस्पर्धा हुनेछ। शीर्ष २-२ टिम सेमिफाइन पुग्नेछन्।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news