दरबार हत्याकान्ड को २० औं वर्ष, घटना अझै रहस्यको गर्भमै

Logo १९ जेष्ठ २०७८, बुधबार ०९:१५ | Aadil Times                  

दरबार हत्याकाण्डको २० औं वर्ष, घटना अझै रहस्यको गर्भमै२०५८ जेठ १९ मा, (सन् २००१ जुन १ तारिखका दिन) राजपरिवारका १० सदस्यको हत्या भयो जसलाई दरबार हत्याकाण्डका नामले चिनिन्छ । नेपाली जनताले आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घटनाका रूपमा सुने युवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी मारे। गोली हानिसकेपछि युवराज दीपेन्द्रले आफैमाथि गोली प्रहार गरेको बताइयो। अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पियो। राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरियो। सबथोक खराबबाट अझ खराब हुँदै गइरहेको थियो। नेपाली जनताले राजनीतिक दलहरू र तिनका नेताहरूप्रतिको विश्वास गुमाउँदै गइरहेका थिए। नेपाली जनतामध्ये केहीलाई त पूरा बहुदलीय व्यवस्था प्रति नै मोहभंग भएको महसूस भइसकेको थियो। माओवादीको धम्की र दबाब बढ्दै गइरहेको थियो र नेपाली जनता राजनीतिज्ञहरू र सरकारलाई विश्वास गर्न सकिरहेका थिएनौं। तर यी सबका बावजूद कोही थियो जसलाई नेपाली जनता विश्वास गर्न सक्थ्यौं, कोही थियो जसलाई नेपाली जनता आफ्नै मान्न सक्थ्यौं। उनको चम्किलो मुस्कान र राम्रो व्यक्तित्वका कारण नेपाली जनतालाई उनी र उनका परिवारप्रति विश्वास थियो। नेपाली जनताले उनलाई पिता सरह मानेका थिए जसले नेपाली जनताले माग्दा आफ्ना अधिकार सबै गुमाएर नेपाली जनतालाई दिएका थिए। गएको एक दशकमा उनी नेपाली जनताबीच सबैभन्दा बढी लोकप्रिय थिए। केहीले त पहिले नै भनिसकेका थिए कि उनले मात्रै हाम्रो देशलाई नष्ट हुनबाट बचाउन सक्छ। अब उनी नै नेपाली जनतालाई छाडिगएपछि नेपाली जनतालाई थाहा थिएन नेपाली जनता के गर्र्छौं। नेपाली जनता अचम्भित थिए, दुःखी थिए र गहिरो शोकमा डुबेका थिए। नेपाली जनताले हाम्रो भावनालाई जता सकिन्छ त्यतै डोर्यायौं।

संकलक – मो. सरफराज अंसारी

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news