
दिल्लीमा कोरोना भाइरस महामारीको तेस्रो लहरपछि विद्यालय खुलेका छन्। सोमबार(आज) बाट ९ देखि १२ कक्षाका विद्यार्थी विद्यालय गएका हुन्।
योसँगै कलेज, जिम, स्पा र स्विमिङ पुल पनि खुल्ने छन्। कोभिड १९ को ओमिक्रोन भेरियन्टको प्रकोप सुरु भएपछि डिसेम्बरदेखि विद्यालय बन्द थियो।
कोरोना भाइरस महामारीपछि जनजीवन सामान्य बनाउने कोसिसमा रहेको दिल्लीमा अहिलेसम्म रातको समयमा लगाइएको कर्फ्यु भने हटिसकेको छैन। दिल्लीमा रातको ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लाग्छ।
यसबाहेक सरकारी कार्यालय पनि १०० जनाको उपस्थितिमा सञ्चालनमा ल्याउन सकिनेछ।