देउवा सरकारमा समावेशिताको मुद्दा ओझेलमा: हुसैन खान

Logo २६ आश्विन २०७८, मंगलवार ०७:०८ | Aadil Times                  

आदिल टाइम्स,काठमांडौ /

प्रधानमंत्री शेरबहादुर देउवाको सरकारले करीब तीन महीना लामो समय पछि पूर्णता लिएको कुराले विभिन्न कोणले विवादित बनेको छ । विशेष गरी नेपाली कांग्रेस , नेकपा माओबादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त सरकारमा मंत्रिमंडललाई भागबण्डाले आन्तरिक विवाद लिनुको साथै विपक्षि दलहरुले पनि विरोध गरेका छन । लोकतातन्त्रिक समाजवादी पार्टीका युवा नेता हुसैन खानले आदिल टाइम्स सँग कुराकानी गर्दै भने ‛ संघीयता समानुपातिक समावेशिताको मन्त्र मुखमा मात्र जपनेहरुको सरकारमा विग्विगी छ। वर्तमान सरकारले महिला मधेशी दलित मुस्लिम अल्पसंख्यक समुदायलाई नजरअंदाज गर्दै उनीहरुको प्रतिनिधित्वलाई कमजोर गरेको छ ,भने। उपेन्द्र यादवले जातीयवाद बढ़ावा मात्र दिदै मधेशलाई कमजोर गरिरहेको नेता हुसैन खानले आरोप समेत लगाएका छन।

खानले आफ्नो कुरा थप्दै भने , महन्त ठाकुर सरकारमा सहभागी हुदा संविधान प्रदत्त हरेक क्षेत्र समुदाय वर्गको समान प्रतिनिधित्व गराएका थिए तर अहिले आफुलाई संविधानको संरक्षक भन्ने शेर बहादुर , प्रचण्ड, उपेन्द्र यादव र माधव नेपालहरुको चरित्र संविधान रक्षक हैन संविधान भक्षक रहेको उजागर भएको भने।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news