नेकपा माओवादी केन्द्र प्रदेश नं. १ ले सुनसरीकाे निर्वाचन क्षेत्र नं. ३ काे संयाेजकमा हैदर अलीलाई मनाेनयन गरेकाे छ

Logo १९ आश्विन २०७८, मंगलवार ११:३१ | Aadil Times                  

सुनसरी निर्वाचन क्षेत्र नं. ३ काे संयाेजकमा हैदर अली नेकपा माओवादी केन्द्र प्रदेश नं. १ ले सुनसरीकाे निर्वाचन क्षेत्र नं. ३ काे संयाेजकमा हैदर अलीलाई मनाेनयन गरेकाे छ । सुनसरी जिल्ला समन्वय समितिकाे सिफारिशमा उनलाई उक्त जिम्मेवारी सुम्पिएकाे हाे । त्यस्तै माओवादी केन्द्रकाे भातृसंगठन मुस्लिम मुक्ति माेर्चा नेपालकाे प्रदेश १ काे संयाेजकमा माेर्चाकाे केन्द्रीय समितिकाे बैठकले उनैलाई नियुक्त गरेकाे छ । हैदर २०७० मा नेपाली काँग्रेस परित्याग गरी माओवादी पार्टी प्रवेश गर्दै सुनसरी क्षेत्र नं. ३ बाट २०७० मा संविधानसभामा प्रत्यक्षतर्फ उम्मेद्वार भएका थिए । पछि उनी माओवादी केन्द्रकाे केन्द्रीय सल्लाहकार पनि भएका थिए । इस्लामी शास्त्रमा यूपीबाट स्नातक (फजिलत) गरेका हैदर सालिन नेताकाे रूपमा परिचय बनाएका छन् ।
gorkhali-news

सम्बन्धित खबर


gorkhali-news