नेपालको एकीकरणमा मुस्लिम समुदायको योगदान र भूमिका

Logo २७ पुष २०७८, मंगलवार २१:५२ | Aadil Times                  

पृथ्वीनारायण शाहले वि.स.1799 सालपछि नेपाल एकीकरणको कार्य सुरु गर्दा मुसलमानहरुको योगदान र भूमिका नेपालको ईतिहासमा अविस्मरणीय रहेका छन । गोरखामा हातहतियार बनाउने कार्यमा शेख जरबार,मोहम्मद ताँकीको भूमिका अतुलनिय रहेका छन्।

पृथ्वीनारायण शाहले उपत्यका वरिपरि आर्थिक नाकाबन्दी सञ्चालन गर्दा तिब्बतसँग काशि्मरी मुसलमानहरुले सञ्चालन गरिरहेको व्यापार बन्द हुन गयोlयसबाट काशिमरी मुसलमानहरु नरिसाऊन भन्नाका खातिर सन् 1765 मा पृथ्वीनारायण शाहले एक मोजाम्जी भने काशमिरी मुसलमानलाई व्यापारी चिठी लेखी काठमाडौँ उपत्यकामाथि विजय गरेपछि उनीहरुलाई घरजमिन दिई पुन:व्यापार सञ्चालन गर्न वचन दिए ।

पृथ्वीनारायण शाहको उदयपछि नेपाली सेनामा मुसलमानहरुको प्रवेश भएको थियोl मुसलमानहरुलाई बन्दुक,तोप जस्ता हतियारहरुको ढाल्न र बारुद बनाउनमा महत्वपूर्णभूमिका रहेका छन्।
पृथ्वीनारायण शाहले गोरखामा पत्थरकलाको अमल गर्न ,तिरंगाको कला सिकाउन,तीनजना मुसलमानहरुले गोरखाली सेनालाई प्रशिछण दिएका थिएlनेपाली सेनामा मुसलमानहरुको प्रवेश यही समयलाई मान्नुपर्न हुन्छl गोरखाली फौजका निम्ति बन्दुक नितान्त नौलो हतियार थियो। उनीहरुलाई बन्दुक चलाउन तालिम दिनुपर्थ्यो lयसका लागि बन्दुकको मर्मतसम्भार ,एसेम्बलिंञ्ग निर्माण आदिमा पारंगत व्यक्तिको खाँचो ,गोरखाली पल्टनलाई तालिम दिने,हातहथियारलाई मर्मतसम्भार गर्ने त्यही खाँचो पूरा गर्न उनले लखनउबाट शेख जरबार ,मोहम्मद ताँकीलाई गोरखा ल्याएर गोरखाली पल्टनमै भर्ना गरियो।

उनीहरुलाई गोरखाका तर्फबाट विभिन्न युद्धमा भागसमेत लिए। गोरखाली सेनामा उनीहरुको भर्तीपछि “सब कम्ब्याल्ट ´´र वाण ,घुँएत्रो आदिको प्रयोग गरिने “मिसाइल कम्ब्याट ´´आधारित परम्परागत ढाँचाको युद्धशैली बदलिदैँ गयो र गोरखाली फौज आधुनिक बन्दै गयो।यसरी नै गोरखाली फौजलाई आधुनिक बनाउनमा लखनउबाट आएका मुसलमानहरुको अतुलनिय र अविस्मरणीय योगदान रहन गयो। बन्दुक आवश्यक पार्टपुर्जा,गोली आदि युरोपेली कालिगदले तयार पार्ने यस्ता साम्रगीहरु भारतीय बजारबाट खरिद गर्नुपर्दथ्यो त्यसका लागि पृथ्वीनारायण शाहले शेख जरबारलाई भारत पठाउँथे।

मोहम्मद ताँकीले वि.स.1845 मा भएको नेपाल-भोट युद्धमा लडेका थिए। विभाजित ब्रिटिस सैनिकमाथि गोरखाली सैनिकले अकस्मात् धावा बोलेपछि ब्रिटिस सैनिकहरुले हातहतियार छाडेर टाप कसे। गोरखाले ब्रिटिस सेनाका 400-500 बन्दुक कब्जा गर्यो ।

कब्जामा लिएका यी हतियार चलाउन तिनै तीन जना मुसलमानले गोरखाली सैनिकलाई तालिम दिए। त्यही तालिम नेपाल राष्ट्रलाई विशाल बनाउने अभियानमा मूल्यवान सिद्ध हुन पुग्यो।

मुसलमानलाई सैन्य विशेषग्य रुपमा राख्नेक्रम पृथ्वीनारायण शाहको निधनपछि पनि जारी रहयो।

बहादुर शाहको प्रशासनमा नेपाली सेनामा मिर नजर अलीलाई मासिक पच्चिस रुपैँया तलब दिएर राखेको थियो।उनी नेपाली सेनाका निम्ति धनुकाँड चलाउने र बनाउने काममा 10 जना मुसलमान चारजना पन्जाबी हिन्दु र एकजना सिख पनि थिए।

रणबहादुर शाहको पालामा वि.स۔1850 मसेदिल नामका मुसलमानलाई मासिक रु 501 तलब दिएर राखिएको थियो।सैनिकलाई तोप ,बमआदि प्रहार गर्न लगायत सम्पूर्ण तालिम दिने जिम्मा उनैको थियोlपृथ्वीनारायण शाहको विजय अभियानलाई अघि बढाउने सन् 1812 मा उनै जरबारले रैकर जग्गा रजबन्धकी राखेर अठार सय एक रुपैँया राज्यलाई दिएका थिए । यसले नेपालमा शेख जरबारले आर्थिक हैसियत सबल रहेको देखाउँछ। जरबारको मुत्युपछि उनका सन्ततिले पनि सेनामा भर्ती भएर नेपालको फौजको सामर्थ्य बढाउन योगदान पुर्याएका थिए।जरबारका छोरा जाबर बक्स,जाबरका छोरा कादर बक्स ,कादरका छोरा अकबर शेख आदि नेपाली सेनाको फौजी तथा आतसबाजी बनाउने मोर्चाेमा क्रियाशील थिएlयसरी नेपालको एकीकरणमा मुस्लिम समुदायको योगदानलाई ईतिहासले नकार्न ,भूल्न र विसर्न सक्दैन ।

राष्ट्रीय स्वधिनता,स्वतन्त्रता ,अखण्डता ,आत्मस्वभिमान र सार्वभौमसतालाई मुस्लिम समुदायले सम्मान गरे ।

नाम: आशिक अल्ली
(जनकपुर-23बिन्धी)
योग्यता:-एम.एड अध्ययनरत
(महेन्द्र रत्न क्याम्पस काठमाडौँ तहाचल क्याम्पस)

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news