नेपालको युवाले पढ्नै पर्ने कविता

Logo १९ जेष्ठ २०७८, बुधबार ०९:०८ | Aadil Times                  

नेपालको युवाले पढ्नै पर्ने कविता |
(Chase your dreams)

पाउने छैनौ खुशी तिमी मागिरहयौ भने
पुग्ने छैनौ गन्तव्यसम्म भागिरहयौ भने
तिमी पछारिन्छौ यि भेडाहरुका भिडमा
नसोचि केहि पाइला सरासर सारिरहयौ भने

नगर तिमी जीतको कल्पना
यदि माछा हौ र उड्न खोज्छौ भने
जहाज हौ र गुड्न खाज्छौ भने
नगर तिमी जीतको कल्पना
यदि साधु हौ र लड्न खोज्छौ भने
खेलाडी हौ र पढ्न खोज्छौ भने

तिमी तिमीभित्रको तिमीलाई पहिचान गर
आफ्नो अस्तित्वसंग आफ्नो चिनजान गर

हुन सक्छ तिमीभित्र
दुनियाँलाई प्रकाश छर्ने रवि लुकेको
जगतको यथार्थ जताउने कवि लुकेको
किन दौडिन्छौ भेडाको दौडमा तिमी
हुनसक्छ तिमीमा मेस्सी र रोनाल्डोको छवि लुकेको

तिमी युवा आफ्नो सपनाको साक्षात्कार गर
उठ तिमी यो तिम्रो युग हो यहाँ चमत्कार गर ।

लेखक –

-Saharoj Siddiqui
-Nepalgunj medical college
-9867221786

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news