नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी दीक्षित

Logo १९ फाल्गुन २०७८, बिहीबार ११:२५ | Salauoldin Ansari                  

माधव चापागाई- काठमांडौ ,

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरका तीन सय विद्यार्थी दीक्षित भएका छन् । पोखरा विश्वविद्यालयका डीन प्राडा राजेशकुमार ठगुराठीले १७औँ दीक्षान्त समारोहमा बुधबार दीक्षित गराएका हुन् ।

कलेजको इन्जिनियरिङतर्फको विभिन्न विषयमा स्नातक र स्नातकोतर तह उत्तीर्ण दुई सय ९८ विद्यार्थीलाई दीक्षित गरिएको हो । स्नातक उत्तीर्ण दुई सय ३९ र स्नाकोत्तर उत्तीर्ण ५९ विद्यार्थीलाई दीक्षित गरिएको हो ।

कोरोना भाइरस कोभिडका कारण विश्वविद्यालयका सबै विद्यार्थी एकैठाउँमा राखेर दीक्षित गर्दा धेरै भीडभाड हुने भएकाले कलेजमै दीक्षान्त समारोह कार्यक्रम गरिएको कार्यक्रममा बताइयो ।

कार्यक्रममा डीन ठकुराठीले बजारमा आवश्यक जनशक्ति पूर्ति गर्ने हिसावले रोजगारमुखी विषयवस्तु राखेर विश्वविद्यालयले अध्ययनअध्यापन गराइरहेको बताए ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news