पसल खोल्न दिएर उपत्यकामा निषेधाज्ञा थप्नुपर्ने तीन सीडीओको निष्कर्ष, अन्तिम निर्णय भोलि

Logo १८ जेष्ठ २०७८, मंगलवार १८:०८ | Aadil Times                  

उपत्यका प्रशासनले फेरि एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । निषेध गरिएका केही प्रावधान हटाएर एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको हो । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले एक साता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको छ । अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिने पनि भनेको छ ।

यद्यपि, यस विषयमा अन्तिम निर्णय भइनसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरलाई बताए । उनले भने, ‘आज उपत्यकाको अवस्थाबारे छलफल भयो, पर्सिसम्म समय भएकाले निर्णय चाहिं भइसकेको छैन । यो विषय अब भोलि टुंगिन्छ ।’

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news