पहिलो हाफमा जोर्डनसँग नेपाल १-० ले पछाडि, किरण चेम्जोङको उत्कृष्ठ बचाउ

Logo २५ जेष्ठ २०७८, मंगलवार ००:१६ | Aadil Times                  


फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटअन्तर्गत जोर्डनविरुद्ध नेपालको खेल जारी छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा भइरहेको खेलमा जोर्डनले एक गोलले अग्रता लिएको छ ।

वहाब फेजलले पेनल्टीमार्फत गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका हुन् । डि–बक्समा बल क्लियर गर्ने क्रममा नेपाली खेलाडीले फउल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो ।

नेपालले जोडानविरुद्ध रक्षात्मक खेलेको छ । सुरुवातदेखि नै जोर्डनले नेपाललाई दबाबमा राखेको छ । तर आज खोलमा गोलकिपर किरण चेम्जोङले उत्कृष्ठ बचाउ गरेका छन् ।पहिलो हाफमा जोडनका खलाडीको एकपछि अर्को प्रहारलाई किरणले सजिलै निस्तेज पारिदिए । 

फिफा वरीयतामा ९५औँ स्थानमा रहेको जोर्डनविरुद्धको खेलमा जित हासिल गर्न नेपाललाई त्यत्ति सहज देखिँदैन । यसअघि छनोट चरणको पहिलो खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको थियो ।

जोर्डनविरुद्धको खेलामा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीहरूमा परिवर्तन गरेका छन् । जोर्डनविरुद्ध आभिषेक रिजालले नेपालको अग्रपंक्ति सम्हल्ने भएका छन् ।

मुख्य प्रशिक्षक अल्मुताइरीले चाइनिज ताईपेईविरूद्ध खेलेका आशिष लामा, सुनिल बल र गौतम श्रेष्ठको स्थानमा अभिषेक रिजाल, दिनेश राजवंशी र विकास खवासलाई टिममा राखेका छन् ।

समूह ’बी’ को चौथो स्थानमा रहेको नेपालका लागि जोर्डनसँगको खेल महत्त्वपूर्ण छ । जोर्डनलाई हराउन सके नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुनेछ ।

नेपालले पहिलो खेल २० जेठमा चाइनिज ताइपेईसँग खलेको थियो, जुन खेलमा नेपाल २-० ले विजयी भएको थियो ।


सम्बन्धित खबर