पाँचथरमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

Logo २५ जेष्ठ २०७८, मंगलवार १४:३२ | Aadil Times                  

पाँचथरमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मंगलबार बिहान साढे ९ बजे हिलिहाङ गाउँपालिका वडा नम्बर ७ टारीस्थित मेचिराजमार्गमा झापाबाट ताप्लेलुङ जाँदै गरेको पिकअप गाडी दुर्घटनामा परेको हो।

प्रदेश नम्वर १ – ०१-००१ च ७६९१ नम्बरको पिकअप गाडी सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जनाकारी दिए।

मृत्यु हुनेमा ताप्लेजुङ पाथिभारा याङवरक गाउँपालिका-२ थेचम्बु बस्ने अन्दाजी ३०/३२ को मिलन विष्ट र २४ वर्षीया सीता अधिकारी छन्।

दुर्घटना हुँदा उनीहरू दुबै जनाको घटनास्थलमै मृत्यु भएको विश्वकर्माले बताए।

शव जिल्ला अस्पताल पाँचथरको शव गृहमा राखिएको छ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news