प्रदेश १ का ११ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

Logo २२ मंसिर २०७८, बुधबार १४:१८ | Salauoldin Ansari                  

सरकारले प्रदेश १ का ११ सहित मुलुकभरका ३३ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

गृहमन्त्रालयले २०७८ साल माघ मसान्तसम्म लागू हुनेगरी ती तहहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार प्रदेश एकका तीन जिल्लाका ११ स्थानीय तह उक्त सुचीमा समावेश गरिएका छन् । बाढी, पहिरोलगायतका विपद्‍बाट ठूलो मानवीय क्षती भएको र ती स्थानीय तह बढी प्रभावित भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

ती स्थानीय तहमा पुगेको क्षतीको पुनःनिर्माण तथा पुनःस्थापनाको काम, घर तथा सडक तथा विद्यालय निर्माणको काम गरिने उनले बताए ।

प्रदेश १ मा इलामका ६ स्थानीय तह यो सुचीमा छन् । जसमा इलाम नगरपालिका, सूर्योदय नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङसेबुङ गाउँपालिका, देउमाइ गाउँपालिका र सन्दकपुर गाउँपालिका रहेका छन् । पाँचथरका चार स्थानीय तहमा फिदिम नगरपालिका, मिक्लाजुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र तुम्वेवा गाउँपालिका रहेका छन् । यस्तै धनकुटाको एउटा स्थानीय तहमा चौबिसे गाउँपालिका रहेको छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news