बजेटपछि विद्युतीय सवारीको मूल्य कति घट्यो ?

Logo १६ जेष्ठ २०७८, आईतवार २२:१७ | Aadil Times                  

आगामी वर्ष २०७८-७९ को बजेटले तल्लो ‘रेन्ज’को विद्युतीय सवारीमा लाग्ने भन्सार महसुल १० प्रतिशत मात्रै राखेको छ, पहिलाजस्तै मूल्य अभिवृद्धि कर र सडक दस्तुर भने तिर्नुपर्ने छ । यो रेन्जमा मध्यमवर्गीय परिवारले चढ्न सक्ने गाडीहरु हुन्छन् ।सरकारले १ सय किलोवाटसम्मका विद्युतीय सवारी आयात गर्दा खरिद मूल्यको १० प्रतिशत भन्सार तिरे पुग्ने गरी आर्थिक अध्यादेश जारी गरेको छ । यो रेन्जको गाडीको मूल्य चालु आर्थिक वर्षको बजेट आउनुअघिकै हाराहारीमा आइपुगेको व्यवसायीहरु बताउँछन् ।त्यसभन्दा माथिल्लो क्षमता भएका गाडीमा पनि मोटरको किलोवाट अनुसार स्ल्याब राखेर भन्सार दरलाई प्रगतिशील बनाएको छ । अब १ सयदेखि २ सय किलोवाटसम्म इन्जिन क्षमता भएका विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार लाग्नेछ । २ सयदेखि ३०० किलोवाटसम्मका विद्युतीय सवारीमा लाग्ने भन्सार दर ३० प्रतिशत कायम गरेको छ । ३ सय किलोवाटभन्दा माथिका मोटर जोडिएका सवारीमा ४० प्रतिशत भन्सार दर कायम भएको छ । अब माथिल्ला रेन्जका गाडी पनि अहिलेको भन्दा निकै सस्तो हुनेछ ।तल्लो रेन्जका सवारीको मूलय विगतकै नजिकको मूल्यमा झर्नेछन् । किया मोटर्सका आधिकारिक विक्रेता इन्टर कन्टिनेन्टल प्रालिका अध्यक्ष सुहृद घिमिरे आफ्नो कम्पनीले बेचिरहेको ‘निरो’ नामको विद्युतीय गाडी करिब ७५ लाख रुपैयाँमा बेच्न सकिने बताउँछन् ।चालु आर्थिक वर्षको बजेटअघिसम्म करिब ६५ लाख रुपैयाँमा बिक्री भइरहेको यो १०० किलोवाटभन्दा बढी क्षमताको गाडीमा यो वर्ष थप ५ प्रतिशत कर बढ्दा मूल्य पनि थोरै बढ्ने उनको भनाइ छ ।‘गत वर्षको बजेटले विद्युतीय सवारी प्रवर्द्धनको मोमेन्टम बिगार्‍यो,’ उनले भने, ‘अब फर्किन समय लाग्छ ।’विद्युतीय गाडी प्रवर्द्धनका लागि करमा छुटसँगै रातिको समयमा चार्ज गर्दा छुट दिने, विद्युतीय चार्जिङ स्टेसनको संख्या बढाउने जस्ता योजना पनि सँगसँगै ल्याउनुपर्ने घिमिरे ।हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रवन्ध निर्देशक अन्जन श्रेष्ठ विद्युतीय सवारीमा करको दर घटाएर सरकारले वातावरण संरक्षण र विद्युत खपत वृद्धिका लागि उचित कदम चालेको बताउँछन् ।उनका अनुसार चालु आर्थिक वर्षको बजेट आउनुअघि ५६ लाखमा बिक्री भइरहेको हुण्डाईको ‘कोना इभी’ अब फेरि ५५ देखि ६० लाख रुपैयाँमा उपलब्ध हुने अवस्था रहेको बताए । अहिले यो गाडी ८५ लाख रुपैयाँमा बिक्री भइरहेको छ ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news