बोलोग्नामाथि नापोलीको कठिन जित

Logo ३१ आश्विन २०७९, सोमबार ०९:५६ | Aadil Times                  

इटालीयन सिरी ए अन्तर्गत आइतबार राति बोलोग्नामाथि ३-२ को जित निकाल्दै नापोलीले उच्च लय कायम राखेको छ। बोलोग्नामाथिको जितसँगै नापोलीले शीर्षस्थानमा दुई अंकको अग्रता कायम राखेको छ।

प्रतिस्पर्धात्मक बनेको खेलमा नापोलीलाई घरेलु मैदानमा जित दिलाउन जुआन जेसुस, हिर्भिन्क लोजानो र भिक्टर ओसिमहेनले एक-एक गोल गरे। बोलोग्नाको लागि जोसुआ र लुकासले गोल गरेपनि त्यो पर्याप्त थिएन।

जितसँगै नापोली १० खेलबाट २६ अंक सहित तालिकाको शीर्षस्थानमा छ। बोलोग्ना समान खेलबाट सात अंक सहित १७औं स्थानमा छ।

अर्को खेलमा एसि मिलानले हेलास भेरोनालाई २-१ ले पराजित गरेको छ।


सम्बन्धित खबर