ब्ल्याक फङ्गस : महामारीमाझ अर्को महामारी

Logo १८ जेष्ठ २०७८, मंगलवार २३:४६ | Aadil Times                  


कोभिड–१९ को दोस्रो लहरबाट देश पूरै आक्रान्त छ । यो लहर अहिलेसम्ममा घट्नुपर्ने थियो । यस्तो भन्नु पर्दा मलाई दुःख लाग्छ तर पनि जनताको लापरवाह प्रवृत्तिले संक्रमण दर उच्च हुन पुग्यो । पहिलाभन्दा यस पटकको हाम्रो स्वास्थ्य प्रणाली खराब अवस्थामा देखिन्छ, नीति निर्माताको खराब योजनाका कारण यस्तो भएको हो ।

दोस्रो लहर शुरू भएपछि संक्रमण दर उच्च बिन्दुमा पुग्दैगर्दा भाइरस तीव्रगतिमा उत्परिवर्तन भयो । दोस्रो लकडाउनसँगै बढेको परीक्षण दर र तीव्रगतिको भ्याक्सिनेसन कार्यक्रमले गर्दा देशको अधिकांश भागको संक्रमण दरमा कमी आएको छ । जब स्वास्थ्यकर्मीहरू भाइरस नियन्त्रणमा लिएको अनुभूति गर्छन् तब फेरि संक्रमण दर बढ्दै जान्छ र भाइरसमा देखिने उत्परिवर्तनले चकित बनाइदिन्छ ।

मृत्युको अनुहार’– म्युकरमाइकोसिस

कोभिड–१९ को सफल ‘उपचार’ पछि घर फर्किएका बिरामी फेरि अस्पताल आउन थालेका छन् । उनीहरू नाकबाट कालो पदार्थ र मुखमा कालो दाग देखिएको गुनासो लिएर आउने गरेका छन् । केही व्यक्तिका लागि यो रोचक लागे पनि यो रोगको पहिला नै उपचार गरेका व्यक्तिका लागि भने यो अत्याशलाग्दो हुन सक्छ ।

यो म्युकरमाइकोसिसका कारण हुन्छ । म्युकरमाइकोसिस एक प्रकारको फङ्गस हो जसलाई म्युकोरालेस भनिन्छ । यो त्यसैका कारण हुने संक्रमण हो । भारतका सात राज्यले यसलाई एक प्रकारको महामारी घोषणा गरेका छन् ।

कोभिड वार्डसँगै राजधानी नयाँ दिल्लीमा म्युकर वार्ड स्थापना गरिएको छ । यो संक्रमणको प्रभावकारी उपचार हुन नसक्दा यसको यकिन तथ्यांक छैन । भारतमा यससम्बन्धी बिरामी मे २२ सम्ममा करिब ४ हजार जना छन् र यो संख्यामा वृद्धि हुने अनुमान छ ।

हामीले यो रोगलाई किन गम्भीरताका साथ लिनुपर्छ ?

पहिलो, कोभिडबाट संक्रमण भएका सबै बिरामीलाई यसको असर पर्न सक्छ । कोभिड कुन हदसम्मको खतरनाक थियो भन्ने कुराले यो संक्रमण सर्ने–नसर्ने निर्धारण गर्दैन । दोस्रो, यो रोगलाई खासै वास्ता नगर्दा यसको उपचारमा ढिलाइ भइरहेको छ । त्योभन्दा पनि महत्वपूर्ण के छ भने रोगको गम्भीरताका आधारमा म्युकरमाइकोसिसका कारण निधन हुने प्रतिशत ५० देखि १०० सम्म छ । यो रोगबाट प्रभावित मानिसमध्ये ५० प्रतिशतको ज्यान गएको देखिन्छ ।

ब्ल्याक र ह्वाइट फङ्गस

ब्ल्याक फङ्गसले म्युकरमाइकोसिसलाई प्रतिनिधित्व गर्छ, यो म्युकोरालेस समूहको फङ्गसबाट लाग्छ । यस्तै ह्वाइट फङ्गस अर्को फङ्गसको प्रकार एस्परगिलस र केडिन्डाबाट लागेको देखिन्छ । यो फङ्गसले हाम्रो शरीरका धेरै भागलाई प्रभावित गरेको देखिन्छ ।

प्रत्येक समूहका फङ्गसले शरीरका निश्चित भागलाई मात्रै असर पुर्‍याएको देखिन्छ । कोभिड–१९ का बिरामी यी दुवै प्रकारका फङ्गसबाट प्रभावित देखिन्छन् । ह्वाइट फङ्गसको तुलनामा ब्ल्याक फङ्गसका कारण धेरै मानिसको ज्यान गएको देखिन्छ । म्युकोरालेस प्रत्येक घरमा देखिने फङ्गस हो ।

फलफूल र तरकारीजस्ता चिजमा र चिसो भुइँ, फोहरमैलामा, कुहिएका जीव अथवा रुखमा पनि देखिन्छ । यो फङ्गसले आफ्नो वीज हावामा छोड्छ र यो टाढासम्म पुग्न सक्छ । त्यसै कारणले हामीले यस प्रकारको फङ्गस धेरै पटक देख्छौँ ।

हाम्रो देशको वातावरण यो फङ्गस हुर्किन्छ । देशभरका अस्पतालमा गरिएको अनुसन्धानमा यो फङ्गसको वीज पाइएको छ ।

वीज पत्ता लाग्दा समेत हामीलाई किन यसको संक्रमण भएको छैन ?

यसको उत्तर सरल छ, त्यो हो हामीमा भएको दह्रो रोग प्रतिरोधात्मक क्षमता । म्युकरमाइकोसिसका सबै मामिलामा एक जोखिम हुन्छ । यसले प्रतिरक्षात्मक प्रणाली कमजोर बनाउँछ । खतराको सूची हैरान पार्ने खालको छ तर महामारीको यो समयमा यसका केही प्रकार भने महत्वपूर्ण छन् ।

कोभिड–१९ बाट संक्रमित मेरा एक बिरामी मधुमेह, मिर्गाैला र कलेजोको समस्या, क्यान्सर जस्ता रोगले पनि ग्रस्त थिए । स्वास्थ्य मन्त्रालयले कोभिड उपचारको मुख्य आधारमा स्टोरोइड र अन्य उच्च इम्युनोसप्रेसेन्ट टोसिलिजुमेव समावेश गरेको छ । हामीले भोकमारी छुटाउनु हुँदैन जसले हाम्रो धेरै जनसंख्याको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाएको छ ।

म्युकरमाइकोसिस लागेपछि त्यसले मानिसको अनुहार, नाक र आँखामा असर गर्छ र प्रभावित नसाको मृत्यु हुनसक्छ । यसले नाकबाट कालो पदार्थ निकाल्न सक्छ । अन्य लक्षणहरूमा दाँत कमजोर हुने, अनुहारको एक भाग सुन्निने, आँखा दुख्ने, टाउको दुख्ने हुन सक्छ । संक्रमण बढ्दै जाँदा यसले मान्छेको दिमागमा समेत असर पु¥याउन सक्छ, जसका कारण प्यारालाइसिस हुने खतरा रहन्छ ।

यो संक्रमण पत्ता लाग्नुभन्दा पनि यसको उपचार गर्न गाह्रो हुन्छ । यसको उपचारका क्रममा अनुहार, आँखा अथवा दिमाग जुन भागमा फैलिएको छ, त्यो भागको शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । यस प्रकारको फङ्गस दोहोरिएर आउन सक्ने हुँदा शल्यक्रिया पनि दोहोर्‍याउनुपर्ने हुन सक्छ । अर्कोतर्फ, सेतो फङ्गसले मान्छेको फोक्सोमा असर पुर्‍याउँछ र श्वासप्रश्वास प्रणालीमा असर पुग्न सक्छ ।

यति भन्दै गर्दा, सत्य के हो भने यो महामारीका दौरान भारतमा ब्ल्याक फङ्गसका रोगीको संख्या उच्च पाइएको छ । यो रोग पत्ता लागेका अन्य देशको तुलनामा भारतमा संख्या उच्च छ । हामीसँग अझै पनि यो रोगसँग जुध्ने स्पष्ट कार्यनीति छैन ।

ब्ल्याक फङ्गस कि कालो हाँस ?

ब्ल्याक फङ्गस संक्रमणको उत्पति कालो हाँससँग जोडिएको छ । पश्चिमा साहित्यमा यसलाई ‘दुर्लभ’ बताइए पनि विश्वका कुल संक्रमितको ४० प्रतिशत भारतमा पाइएका छन् । प्रत्येक दस लाख भारतीयमध्ये यो १४० जनामा देखिएको छ । यसले हाम्रो देश फङ्गस संक्रमणको मुख्य केन्द्रका रूपमा रहेको देखाउँछ ।

भारतलाई विश्वकै मधुमेहको राजधानीका रूपमा पनि लिइन्छ । यहाँ करिब ४ करोड मानिस मधुमेहका बिरामी छन् । अध्ययनले के पनि देखाउँछ भने भारतका ४७ प्रतिशत मानिसलाई मधुमेहको प्रभावका विषयमा जानकारी छ तर त्यसको एक तिहाइले मात्रै उपयुक्त उपचार लिने गरेका छन् ।

हामीले भारतको जनसंख्या हेर्ने हो भने धेरै मानिसमा कुपोषणको समस्या पाइन्छ । यसकारण पनि फङ्गस संक्रमणजस्ता रोगका लागि भारत एक जोखिमपूर्ण देश हो । कोभिड महामारीका कारण हाम्रो रोग प्रतिरोधात्मक क्षमता घटेको छ । अहिलेको अवस्था हाम्रो नियन्त्रणभन्दा बाहिर छ ।

हामीले कहाँ गल्ती गर्‍यौँ ?

कोभिड–१९ को उपचारका लागि अक्सिजनको आवश्यकता देखियो । बेलायतमा गरिएको एक परीक्षणअनुसार स्टेरोइड कम्तीमा १० दिन आवश्यक देखियो ।

स्टेरोइड एक प्रकारको लागु औषध हो जसले भाइरसका कारण निम्तिएको रोग प्रतिरोधात्मक क्षमताको कमीलाई बढाउने काम गर्छ । विडम्बना ! देशका विभिन्न ठाउँका चिकित्सकहरूले आवश्यक नपर्ने अवस्थामा पनि स्टेरोइड प्रयोग गर्ने सल्लाह दिएको पाइयो । बिरामी आफैँले पनि चिकित्सकको परामर्श विना स्टेरोइड जस्ता औषधिको सेवन गर्न थाले जो रोक्न सकिन्थ्यो ।

अर्को जोखिम बिरामी र बिरामी कुरुवाले रगतमा हुनुपर्ने ग्लुकोजको स्तरमा ध्यान नदिँदा देखिएको छ । स्टेरोइडले मानिसको रगतमा ग्लुकोजको मात्रा बढाउने सम्भावना हुन्छ ।

रगतमा ग्लुकोज बढ्दा फङ्गसको संक्रमण बढ्ने खतरा हुन्छ । मधुमेहका धेरै बिरामीले स्टेरोइड प्रयोग गरेको पाइन्छ, यस क्रममा उनीहरूले आफ्नो रगतमा भएको ग्लुकोजको स्तरमा खासै ध्यान दिएनन् । कोभिडका धेरै बिरामीले रगतमा सुगरको र स्टेरोइडको मात्रा बढाए ।

अक्सिजन थेरापी दोषको एउटा कारण हो । यो आश्चर्यजनक भए पनि सत्य हो । आवश्यक परेको बिरामीलाई अक्सिजन दिनुपर्छ तर अक्सिजनको स्रोतका विषयमा भने जानकार हुनु आवश्यक हुन्छ ।

औषधि प्रयोजनको अक्सिजन देशैभर अभाव भएको बेला औद्योगिक प्रयोगमा आउने अक्सिजन सिलिन्डर पनि भारत सरकारले अस्पतालमा प्रयोग गर्न निर्देशन दियो । भारतका राज्य सरकारले पनि नाइट्रोजन सिलिन्डरलाई अक्सिजन सिलिन्डरका रूपमा प्रयोग गर्ने अनुमति दिए ।

औद्योगिक प्रयोजनमा उत्पादन हुने अक्सिजन अस्पतालमा प्रयोग गर्ने किसिमको हुँदैन । त्यस्तो अक्सिजन कोभिडको बिरामीलाई प्रयोग गर्दा ब्याक्टेरिया र फङ्गसको संक्रमण फैलिने सम्भावना हुन्छ ।

यस्तै अक्सिजनलाई आद्रीकरण गर्न अस्पतालमा प्रयोग भएको पानी पनि फङ्गसको संक्रमण फैलाउने अर्को कारण हुनसक्छ । शुद्ध पानी प्रयोगको अभावमा फङ्गसको संक्रमण फैलिने सम्भावना हुन्छ ।

महामारीको दौरान यो रोगको उपचारमा ढिलाइ भएको छ । यस्तो हुनुमा धेरै कारण पनि छ । एउटा कारण चिकित्सकको सल्लाहविना घरमा औषधि सेवन गर्नु हो । मानिसहरूले चिकित्सकको सल्लाह लिनुको सट्टा वैकल्पिक उपायको अवलम्बन गर्ने गरेका छन् । यसले गर्दा बिमार झनै बढेको पाइएको छ ।

अर्को प्रकारको महामारी शुरू हुँदै गर्दा हामी त्यसको आरोप सरकार र गैरसरकारी संस्थामाथि थोपर्दै छौँ । यस प्रकारको आरोपमा अस्पताल र चिकित्सक पनि परेका छन् । अपेक्षा गरिएकै जस्तो सबैले उपचारको सहज उपाय खोज्नुको सट्टा म्युकरमाइकोसिसबाट बच्न ‘अमृत’ खोज्न थालेका छन् ।

ब्ल्याक फङ्गस विरुद्ध लड्न प्रभावकारी देखिएको एकमात्र औषधि ‘एम्फोटेरिसिन बी’ धेरै ठाउँमा अभाव छ । यो औषधिको कालोबजारी हुन थालेको छ । समयमै यसलाई नियन्त्रण गरिएन भने अवसरवादीहरूका लागि यो अर्को रेमडेसिविर हुन सक्नेछ ।


सम्बन्धित खबर