भारतबाट पेट्रोलको मूल्य फेरि साढे ६ रुपैयाँ घटेर आयाे

Logo ३१ भाद्र २०७९, शुक्रबार १९:५३ | Aadil Times                  

इन्डियन आयाल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्यमा सामान्य समायोजन गरेर मूल्यसूची पठाएको छ । नेपाल आयल निगमका अनुसार शुक्रबार प्राप्त मूल्य केही घटेर आएको छ ।

नयाँ सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएको छ । सबैभन्दा बढी पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा घटेको छ । त्यस्तै डिजेलको मूल्य ४४ पैसा र हवाई इन्धनको मूल्य १ रुपैयाँ ५० पैसा घटेर आएको छ ।

लगातार तीनपटक मूल्य घटेर आउँदा पनि निगमले भने मूल्य घटाएको थिएन । बीचमा एकपटक बढेकोमा तत्काल मूल्य वृद्धि गरेको थियो ।

निगमले पहिले नै धेरै घाटामा बिक्री गरेको कारण  घटेको मूल्य बराबर नघटाए पनि निरन्तर घाटामा रहेको बताउने गरेको छ । नयाँ मूल्यअनुसार पनि  अब पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा र डिजलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको निगमको दाबी छ ।


सम्बन्धित खबर