भुटाहामा किराना पसलसहित मन्दिरमा चोरी गर्न २ जना पैसासहित पक्राउ

Logo १५ जेष्ठ २०७८, शनिबार ११:०४ | Aadil Times                  

भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका-१ स्थित भुटाहा बजारमा लकडाउनको मौका छोपेर पसलहरु सहित मन्दिरमा चोरी गर्ने पक्राउ परेको छ ।

बिहीबार राति भुटाहा जेनेरल स्टोर किराना पसल लगायत बजार क्षेत्रमा ५ वटा पसलहरुसहित शिव मन्दिरमा राति चोरी गरेको आरोपमा ५२ हजार ९ सय ८० रुपैया, राज निवास र २ थान मोवाइल सहित २ जनालाई २४ घण्टा भित्र भुटाहाका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पक्राउ गर्न सफल भएको छ।

चोरी गर्ने व्यक्तिहरुले हामीलाई होइन अरुलाई नै पक्राउ गरेको कुरा थाहा होस भन्ने उनीहरु त्यस कारण भागन नखोजने यसले गर्दा हामीले पक्राउ गर्ने सफल भएको भुटाहा प्रहरी चौकीका सई बलराम यादवले स्मार्ट २४ न्यूज सँगको कुराकानीमा बताएको हो।

पक्राउ परेका दुवै जनाले हामीले नै चोरी गरेको प्रहरी समक्ष बयान दिएको छ। उनीहरूले शिव मन्दिरबाट ५ सय देखि १ हजार मात्रै रहेको बताएका छन् । बाँकी सबै पैसा र राज निवास भुटाहा जेनेरल स्टोरबाट चोरेको प्रहरीलाई बताएको छन् ।

पक्राउ परेका २ जनालाई भुटाहा प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालय इनरुवा पठाएको छन् ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news