मङ्गल ग्रहमा अमेरिकी यान पर्सिभिअरन्सको १०० दिनका रोमाञ्चक तस्बिरहरू

Logo २० जेष्ठ २०७८, बिहीबार १८:४५ | Aadil Times                  


नासाको पर्सिभिअरन्स यान मङ्गल ग्रहमा अवतरण गरेर जीवाशंका खोजीको साथसाथै त्यहाँको भूबनोट र मौसमको अध्ययन थालेको उक्त ग्रहको १०० दिन पुगेको छ।

फेब्रुअरी १८ को दिन अवतरण गरेको यानले मङ्गल ग्रहमा रोमाञ्चक तस्बिरहरू खिचेको छ।

पर्सिभिअरन्ससँगै त्यहाँ पठाइएको सानो हेलिकप्टरले पनि तस्बिरहरू खिचेको छ।

अहिलेसम्म पृथ्वी आइपुगेको मङ्गल ग्रहका केही छानिएका तस्बिरहरू यस्ता छन्:

एप्रिल ६ मा पर्सिभिअरन्सले आफ्नो सेल्फी खिचेको थियो। यो तस्बिर ६२ वटा तस्बिरहरू जोडेर बनाइएको हो।
त्यसको केही दिन अगाडिसम्म हेलिकप्टर यानको मुनि रहेको थियो
एक किलो ८०० ग्रामको हेलिकप्टर मङ्गल ग्रहको पातलो वायुमण्डलमा उडान प्रविधिको परीक्षण थियो।
एप्रिल १९ मा हेलिकप्टर १० फिटमाथि उडेर पृथ्वीबाहिर पहिलो पटक नियन्त्रित उडान गर्ने यन्त्र बन्यो।

हेलिकप्टरले खिचेको मङ्गल ग्रहको सतहको तस्बिर
हेलिकप्टरले तेस्रो उडानको क्रममा खिचेको तस्बिरमा पर्सिभिअरन्स यान देखिन्छ।
मे ७ मा हेलिकप्टर ३३ फिट माथि पुगेर ४२३ फिट पर अवतरण गरेको थियो।
एक टनको पर्सभिअरन्स यान दुई महिनापछि आफ्नो अवतरण गरेको स्थानबाट अध्ययनका लागि यात्रामा निस्केको थियो।
मङ्गल ग्रहको चट्टान
यानबाट साढे दुई किलोमिटर टाढा रहेको सान्ता क्रुज पहाड।
मङ्गल ग्रहको सतह

पर्सिभिअरन्स यान सञ्चालनका निम्ति मङ्गल ग्रहको एक वर्ष, अर्थात्‌ पृथ्वीको गणनामा लगभग दुई वर्ष जतिलाई पुग्ने प्रारम्भिक चरणको रकम उपलब्ध रहेको छ।


सम्बन्धित खबर