मधेशको स्वाभिमान रक्षाको लागि मेरो उम्मेदवारी

Logo २० कार्तिक २०७९, आईतवार १९:०३ | Aadil Times                  

शमशाद आदिल –
धनुषा जिल्लाको संसदीय क्षेत्र नं ३(ख ) बाट प्रदेश सभा सदस्य को लागि उम्मेदवार रहेका असगर अलिले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेकाछन। तराई मधेश लोकतान्त्रिक पार्टी बाट उम्मेदवार रहेका नेता असगर अलिले मधेशी जनताको बलिदान र संघर्षलाई पुर्णरूपमा मूल्यांकन गर्दै मधेशीहरुको स्वाभिमान सम्मान र समानुपातिक अधिकार सहितको पहिचानलाई सुनिश्चित गराउन आफ्नो उम्मेदवारी रहेको बताए।

साथै अन्तरराष्ट्रीय स्तरमा ख्याति प्राप्त र नेपाली जनताको धार्मिक केन्द्रको रुपमा जनकपुर क्षेत्र लाई पर्यटकीय क्षेत्रमा स्थापित गराउने आफ्नो प्रतिबद्धता रहेको जनाए। जनकपुरको पूर्व उपमेयर समेत रहेका असगर अलि लामो राजनैतिक यात्रा तय गरेका बौद्धिक नेता हुन।
उनले आफ्नो निर्वाचन क्षेत्रमा बेरोजगारी अत्यन्त ठुलो समस्या रहेकोले युवाहरुलाई सिपमुलक तालीम प्रदान गरेर रोजगारको सृजना गर्न अग्रसरता लिने कुरा बताए।
आदिल टाइम्स सँग टेलीफोनिक कुराकानी गर्दै उनले भने ,मेरो अर्को प्रतिबद्धता स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउनु छ। आफ्नो निर्वाचन क्षेत्रमा प्राविधिक रुपमा सुविधा सम्पन्न रहेको र विशेषज्ञहरु द्वारा सेवा प्रवाह हुने गरि हरेक वडाहरुमा अस्पतालको सुलभ पहुँच गराउने विश्वास व्यक्त गरे ।

यसका साथै अर्को मुख्य मुद्दा सड़क र सिंचाई रहेको बताए। आफ्नो निर्वाचन क्षेत्रका ग्रामीण देखि शहर सम्म सड़क सर्किट निर्माण गर्ने योजना बताए।
साथै बजारको माँग अनुसार कृषि नमुना क्षेत्रको रुपमा कृषकहरुको उत्पादनलाई राम्रो बाजारको पहुँच गराउने बताए। र कृषकहरुलाई पेन्शनको व्यवस्था गराउने बताए।
यसका साथै नेता असगर अलिले गुणस्तरीय शिक्षा मार्फ़त शैक्षिक क्रान्ति गर्ने बताए । संविधानले प्रदान गरेको उच्च शिक्षाको लाई निःशुल्क शिक्षाको साथै गुणात्मक शिक्षाको ग्यारेन्टी दिने बताए। उनले आफ्नो क्षेत्रको यथार्थ समस्यालाई चित्रण गर्दै आफ्नो प्रतिबद्धताको पूर्णताले समाधान हुने विश्वास व्यक्त गरे ।


सम्बन्धित खबर