महाराजगंज अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

Logo १० असार २०७८, बिहीबार १०:२२ | Aadil Times                  

हेल्पिंग हैण्ड फर रिलीफ एन्ड डेभ्लपपेन्ट नामक गैर सरकारी संस्थाले कपिलवस्तु जिल्लाको महाराजगंज स्वाथ्य चौकी लाई स्वास्थ्य सामग्री हस्तांतरण गरेको छ ।
महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम को उपस्थितिमा अस्पताललाई अति आवश्यक स्वास्थ्य सामग्रीहरु असार ९गते प्रदान गरेको छ । स्वास्थ्य सामग्री स्वीकार गर्दै मेयर कलामले दातृ संस्थालाई नगरवासीको तर्फ बाट धन्यवाद ज्ञापन गरेका थिए।

हेल्पिंग हैंडले सरकार सँग समझौता भए बमोजिम पांच कपिलवस्तुमा वर्ष देखि कार्य गर्दै आएको छ । दुई सय अनाथ बालबालिकाहरुलाई नर्सरी देखि कक्षा १२ सम्म शैक्षिक सहयोग का साथै उनीहरुलाई स्वास्थ्य खेलकूद को हिसाबले पनि राहत दिदै आएकोछ। साथै कपिलवस्तु जिल्लामा २८वटा फिल्टर प्लान्ट लगाउने कार्य गरेको छ ।
हेल्पिंग हैंड फ़ॉर रिलीफ एंड डेभ्लपपेन्टका प्रोग्राम मैनेजर जीव पोखरेलले जानकारी दिदै भने वाटर फर लाइफ कार्यक्रम अन्तर्गत देशभरमा ५८वटा खानेपानी प्लान्ट जडान गरेको छ। विशेष गरी कपिलवस्तु, झापा र काठमाडौंमा हेल्पिंग हैण्डले प्राथमिकताका साथ कार्य गर्दै आएको छ। देशभरी अग्नि पीड़ित बाढिपीड़ित लगायत स्थानमा पनि द्रुत सेवा कार्यक्रम मार्फ़त राहतहरुको वितरण गर्ने कार्य गरिदै आएको उनले बताए।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news