महिलामाथि दुव्र्यवहार गर्ने इटहरीका मेयरविरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी

Logo ९ आश्विन २०७८, शनिबार २०:५२ | Aadil Times                  

इटहरीः महिला सेवाग्राहीलाई कार्यकक्षमै अपमानजनक व्यवहार गरेको आरोप लागेका सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीविरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता भएको छ ।

आफ्ना विभिन्न विवादास्पद हर्कतहरुका कारण सार्वजनिक चर्चामा आइरहने मेयर द्वारिकलाल चौधरीले आफ्नो अराजक कार्यशैली दोहोर्याउँदै महिलामाथि दुव्र्यवहार गरेपछि महिला अधिकारकर्मीहरुले कानूनी उपचारका लागि राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गराएका हुन् । घटनाको भोलिपल्टैदेखि सशक्त विरोधमा उत्रिएको सुनसरीमा सक्रिय १३ ओटा महिला अधिकारवादी संस्थामा आबद्ध अधिकारकर्मीहरुको संयुक्त टोलीले दोषी मेयर चौधरीउपर कडा कारबाही माग गर्दै महिला आयोगमा उजुरी दर्ता गराएको महिला आधारशीला सुनसरीकी अध्यक्ष सुशीला उप्रेतिले जानकारी दिइन् । उनका अनुसार अधिकारकर्मीको टोलीले मेयर चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा पनि जाहेरी दर्ता गराउने प्रयास गरेको थियो । तर त्यहाँ तैनाथ रहेका प्रहरी निरीक्षक गणेश भट्टराईले मुद्दा शाखाका प्रहरी निरीक्षक केशवकुमार कट्वाल बाहिर रहेको र आफू सम्बन्धित शाखाको कर्मचारी नरहेको तर्क गर्दै उजुरी लिन अस्वीकार गरेको अधिकारकर्मी उप्रेतिले बताइन् । ‘मुख हुँदाहुँदै नाकले किन खाने १’ भन्दै प्रनि भट्टराईले उजुरी लिन अस्वीकार गरेको बताउँदै उप्रेतिले भोलि कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (डीएसपी) अर्जुन केसी र मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक कट्वालको उपस्थितिमा उजुरी दर्ता गराउने उनले योजनामा आफूहरु रहेको उनले प्रष्ट पारिन् । यसैगरी, भोलि नै राष्ट्रिय मानव अधिकार आयोगमा पनि उजुरी दर्ता गराउने अधिकारकर्मी समूहको तयारी छ ।

महिलामाथि भएको दुव्र्यवहारविरुद्ध कानूनी उपचारको प्रकृया अगाडि बढाएका अधिकारकर्मीहरुले सडक प्रदर्शनलाई पनि निरन्तरता दिएका छन् । यसअघि हुँदै आएको प्रदर्शनलाई निरन्तरता दिँदै उनीहरुले आज पनि उपमहानगरपालिकाको कार्यालयअगाडि मेयर चौधरीविरुद्ध नाराबाजी गरे । मेयर चौधरीलाई भेट्न भन्दै उपमहानगरपालिकाको कार्यालयभित्र प्रवेश गर्ने क्रममा प्रहरीले अवरोध गरेपछि अधिकारकर्मीहरुले सडकमै नाराबाजी गरेका हुन् । प्रदर्शनस्थलमै आयोजित कोणसभालाई अधिकारकर्मी सावित्रा सुवेदी, योशा गुरागाईँ, राधिका थापा, सुशीला उप्रेति लगायतले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा अधिकारकर्मी उप्रेतिले सामान्य नागरिकले कसैमाथि दुव्र्यवहार गरे तत्काल पक्राउ गरी कारबाही गर्ने प्रहरीले मेयरले गरेको दुव्र्यवहारको घटनामा भने कारबाही गर्न आनाकानी गरेको आरोप लगाइन् । महिलामाथि दुव्र्यवहार गर्ने घृणित कुकृत्यमा संलग्न मेयर चौधरीलाई सुरक्षा दिएर राखेको भन्दै उनले प्रहरीेले अपराधीको संरक्षण गरेको सोझै पुष्टि भएको धारणा राखिन् । कानूनको दृष्टिमा सबै समान हुने कानूनी शासनको आधारभूत सिद्धान्तविपरीत प्रहरीले सत्ता र शक्तिको केन्द्रमा रहेका मेयर चौधरीलाई अनुचित संरक्षण दिएको उप्रेतिको आरोप थियो ।

गत भदौ ३० गते दिउँसो ३ः३० बजे सिफारिसमा मेयरको तोक लगाउन लगाउनका लागि पुगेका इटहरी ४ घर भएकी सीता शेर्पा राई र उर्मिला भट्टराईलाई कार्यालयमा प्रवेश गर्नासाथ मेयर चौधरीले अश्लिल गालीगलौज गर्दै दुव्र्यवहार गर्नुका साथै दुवै महिला सेवाग्राहीलाई नगर प्रहरी लगाई धम्कीसमेत दिएको घटना सार्वजनिक भएपछि सोको भोलिपल्ट महिला सहयोगी समूह, प्रोत्साहन नेपाल, महिला पुनःस्थापना केन्द्र ९ओरेक०, जागृति महिला महासंघ लगायतका १२ ओटा महिला अधिकारवादी संघसंस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका थिए । साथै उनीहरुले महिलामाथि अपशब्द प्रयोग गर्ने व्यक्तिउपर सम्बन्धित निकायबाट कडा कारबाही हुनुपर्ने तथा मेयर चौधरीले सार्वजनिक रुपमा क्षमायाचना गर्नुपर्ने लगायतका माग समेटिएको ज्ञापनपत्र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीलाई बुझाएका थिए । महिलामाथि दुव्र्यवहार भएपछि अधिकारकर्मीले न्यायको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आएपनि घटनाका अभियुक्त मेयर चौधरी भने मौन बसेका छन् । स्वास्थ्यमा कुनै समस्या नै नभई अस्पताल भर्ना भएको भ्रामक हल्ला फैलाउनेजस्ता गतिविधि गर्दै आएका चौधरीले प्रतिकृयाका लागि हामीले सम्पर्क गर्दासमेत फोन उठाएनन् ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news