माेरङमा मुस्लिम माेर्चा सक्रिय

Logo १७ कार्तिक २०७८, बुधबार २१:२८ | Aadil Times                  

नेकपा (माओवादी केन्द्र ) काे सामुदायिक संगठन मुस्लिम मुक्ति मोर्चा नेपाल, माेरङले आज बुढीगंगा गाउँपालिकाकाे अधिवेशन सम्पन्न गरेकाे छ ।

माेर्चाकाे प्रदेश सह-संयाेजक मन्सुर आलमकाे प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा माेहम्मद ताहिर मियाँकाे अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति गठन भएकाे छ । समितिमा शमीम मियाँ उपाध्यक्ष, माेहम्मद ताविज सचिव, माेहम्मद इरफान सहसचिव र जाेबैदा खातुन काेषाध्यक्षमा सर्वसम्मतिले निर्वाचित भएका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य उपेन्द्र राय, प्रदेश ४ख पार्टी संयाेजक ताजिम अन्सारी, जिल्ला वाईसिएल ईञ्चार्ज आजम परवेज, पार्टी गाउँपालिका इञ्चार्ज ईश्वरी आचार्य, गाउँ पार्टी अध्यक्ष डिल्ली आचार्य, प्रदेश १ मुस्लिम मुक्ति मोर्चा नेपालका सचिब माेहम्मद जहाँगीर (सद्दाम), मोर्चाका केन्द्रीय सदस्य हाजी जियाउल हुसेन, माेहम्मद मुन्ना, मोर्चा जिल्ला सचिब रेहान आलमकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा १२० संगठित सदस्यलाई पार्टी पद्धति, विचार र माेर्चाकाे उद्देश्यबारे प्रशिक्षण दिइएकाे थियाे ।

माेरङ मुस्लिम मुक्ति माेर्चा माेरङले १७ वटै पालिकामा अधिवेशन गर्ने मिति ताेकेर कार्ययाेजना बनाई अधिवेशन सम्पन्न गर्ने जिल्ला सचिव रेहान आलमले बताए ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news