मिर्जा राशिद वेगको जनता प्रति पाँच प्रतिबद्धता

Logo ३१ आश्विन २०७९, सोमबार २०:१५ | Aadil Times                  

शमशाद आदिल –

कपिलवस्तु क्षेत्र ३ नं ख बाट प्रदेश सभा सदस्य को लागि उम्मेदवार रहेका मिर्जा राशिद वेगले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेकाछन। जनता प्रगतिशील पार्टि बाट उम्मेदवार रहेका मिर्जा आफ्नो निर्वाचन क्षेत्रमा बेरोजगारी अत्यन्त ठुलो समस्या रहेकोले युवाहरुलाई सिपमुलक तालीम प्रदान गरेर रोजगारको सृजना गर्न अग्रसरता लिने बताए।
आदिल टाइम्स सँग टेलीफोनिक कुराकानी गर्दै उनले भने ,मेरो दोस्रो प्रतिबद्धता स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने हुन्छ। आफ्नो निर्वाचन क्षेत्रमा प्राविधिक रुपमा सुविधा सम्पन्न रहेको र एक दर्जन भन्दा बढ़ी रोग विशेषज्ञहरुले सेवा प्रवाह हुने गरि प्रादेशिक स्तरको अस्पताल निर्माण गर्ने विश्वास व्यक्त गरे ।
पाँच वटा प्रमुख चुनावी मुद्दा बनाएका मिर्जा को अर्को मुख्य मुद्दा सड़क र सिंचाई रहेको बताए। आफ्नो निर्वाचन क्षेत्रका ग्रामीण देखि शहर सम्म सड़क सर्किट निर्माण गर्ने योजना बताए।

साथै बजारको माँग अनुसार कृषि नमुना क्षेत्रको रुपमा कृषकहरुको उत्पादनलाई राम्रो बाजारको पहुँच गराउने बताए। र कृषकहरुलाई पेन्शनको व्यवस्था गराउने बताए।
यसका साथै मिर्जा बेगले गुणस्तरीय शिक्षा मार्फ़त शैक्षिक क्रान्ति गर्ने बताए । संविधानले प्रदान गरेको उच्च शिक्षाको लाई निःशुल्क शिक्षाको साथै गुणात्मक शिक्षाको ग्यारेन्टी दिने बताए।
उनले आफ्नो क्षेत्रको यथार्थ समस्यालाई चित्रण गर्दै आफ्नो प्रतिवध्यताको पूर्णताले समाधान हुने विश्वास व्यक्त गरे।

एमाले निकट युवा संघमा राजनीति गर्दै आएका मिर्जा राशिद पार्टी परित्याग गरी अहिले जनता प्रगतिशील पार्टीमा आबद्ध भएर निर्वाचनमा होमिएका छन।


सम्बन्धित खबर