मिसन “लाईफ” नामक अनलाईन अन्तरक्रिया कार्यक्रम सम्पन्न

Logo १८ मंसिर २०७९, आईतवार ०८:२५ | Aadil Times                  

मंसिर-१८ , आइतबार
डि एम सि सि भारत, लाईफ पाठसाला र रोटरेक्ट क्लब नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर नेपालद्वारा संयक्त रुपमा मिसन “लाईफ” नामक अनलाईन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको मुख्य विषय वातावरण संरक्षण  र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  रहेका थिए।जुम  युटुव र फेसवुक लाईभ मार्फत करिब ३ घण्टा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्नुहुदै दाङ्ग जिल्ला अदालतका न्यायाधीश श्री कुल प्रसाद पाण्डेले जीवन र वातावरणको अन्तरसम्बन्धबारे महत्व दर्शाउदै नेपालमा विद्यमान वातावरण सम्बन्धि नियम र कानुनबारे पनि बताउनुभएको थियो।   त्यसैगरी निति आयोग अन्तर्गत मिसन लाईफ भारत सरकारका उपसचिव पर्यावरण र विपद व्यवस्थापन विशेषज्ञ डा. आशिष कुमार पाण्डाले कार्यक्रमका बारेमा जानकारी दिदै, भारत सरकारको समेत संलग्ननता र चासोबारे अभिव्यक्तिहरु राख्नुभएको थियो।
उक्त कार्यक्रममा सामाजिक अभियन्ता सुलोचना सिग्देल, वातावारणिय ईन्जिनिएर डा. दिनेशराज मानन्धर, डा. राजेश्वर रेड्डी, डा. प्रज्ञा गौतम घिमिरे, डिए एम सि सि भारतका संञ्चालक ईन्जिनिएर अवदेश कुमार लगायत व्यक्तित्वहरुको आतिथ्य एवं सक्रिय सहभागिता रहेको थियो।


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयक्त राष्ट्रसंघ संग साझेदारीमा उ्दघाटन गरिएको मिसन “लाईफ” वातावरणीय संरक्षण, प्रकोप व्यवस्थापन र दिगो विकासको परियोजनामा आधारित  जलवायु परिवर्तन न्यूनीकरण गर्न, वातावरण स्थिरतालाई कायम राख्न निकै राम्रो भूमिका खेल्ने भनि अघि बढाईएको एक कार्यक्रम हो।  यस कार्यक्रमलाई सफल बनाउन विश्वव्यापी संलग्नता आवश्यक रहेको र सबैको साथ र सहयोगको अपिल समेत गरेका थिए।
कार्यक्रमको संञ्चालन तथा संयोजन लाइफ पाठसाला नेपालका संस्थापक सहरोज सिद्धिकीले गरेका थिए। नेपाल र भारत गरि विभिन्न माध्यमहरुबाट करिब ५०० व्यक्तिहरुको कार्यक्रममा सहभागिता थियो।


सम्बन्धित खबर