मुस्लिम माेर्चाकाे सम्मेलन मङ्सिर २९ गते

Logo १३ आश्विन २०७८, बुधबार २१:३६ | Aadil Times                  

काठमांडौ/

नेकपा माओवादी केन्द्रकाे भातृसंगठन मुस्लिम मुक्ति माेर्चा नेपालकाे केन्द्रीय सम्मेलन मङ्शिर २९ गते हुने भएकाे छ । आज माओवादी केन्द्रकाे मुख्यालय पेरिसडाँडामा भएकाे माेर्चाकाे केन्द्रीय समितिकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।

अतहर हुसेन फारूकीकाे अध्यक्षतामा रहेकाे माेर्चाले आफ्नाे केन्द्रीय समितिलाई आयाेजक समितिमा रूपान्तरण गरी निज फारूकीकै संयाेजकत्वमा २५१ सदस्यीय आयाेजक समिति घाेषणा गरेकाे छ ।

माओवादी पार्टी अध्यक्ष प्रचण्डकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे माेर्चाकाे केन्द्रीय समिति बैठकले २३ सदस्यीय कार्यालय गठन गरेकाे छ ।

बैठकले ५ वटा प्रदेशमा ईञ्चार्जहरू ताेकेकाे छ । प्रदेश १ मा माेहम्मद जाकिर हुसैन, प्रदेश २ मा वाहिद अन्सारी, प्रदेश ३ मा नजिबुललाह अन्सारी, प्रदेश ४ मा जलाल दिन मियाँ, प्रदेश ५ मा निर्दाेष अलीलाई ईञ्चार्ज ताेकिएकाे छ । प्रदेश २ मा कलाम खानलाई सह-ईञ्चार्ज ताेकिएकाे छ । प्रदेश १ का ईञ्चार्ज जाकिर हुसैन पहिले माेर्चाका महासचिव थिए भने प्रदेश २ का ईञ्चार्ज वाहिद अन्सारी उपाध्यक्ष थिए ।

त्यस्तै बैठकले ५ वटा प्रदेशमा संयाेजक ताेकेकाे छ । प्रदेश १ मा हैदर अली, प्रदेश २ मा हसन जान, प्रदेश ३ मा कमाल दिन मियाँ, प्रदेश ५ रियाज ईराकी र प्रदेश ७ मा असद खानलाई संयाेजक ताेकिएकाे हाे ।

बैठकले माेर्चाका केही नेताहरूलाई विभागीय प्रमुख ताेकेकाे छ । बैठकद्वारा संगठन विभाग प्रमुखमा मकसुद अली, निर्वाचन विभाग प्रमुखमा जाकिर हुसैन (अर्घाखाँची), ओलमा तथा बुद्धिजीवी विभाग प्रमुखमा ई. नुरूल हाेदा आलम, आर्थिक विभाग प्रमुखमा बुधन अलीलाई चयन गरिएकाे छ ।

बैठकमा अध्यक्ष प्रचण्डले माेर्चाका नेताहरूलाई राजनीतिक प्रशिक्षण दिंदै माओवादी पार्टीले जनयुद्धकाे समयदेखि नै मुस्लिम समुदायकाे मुद्दा उठाउँदै आएकाे हाे र वर्तमान समयमा देश र नेपाली जनताले प्राप्त गरेका सबै उपलब्धिकाे स्राेत माओवादी पार्टी नै भएकाे बताए ।

‘मुस्लिम समुदायलाई अबकाे दिनमा अझ विशेषाधिकार दिनुपर्ने कुरामा हामी प्रष्ट छाैं’ प्रचण्डले भने ।

उनले भने, ‘एउटा शक्तिशाली संवैधानिक मुस्लिम आयाेगकाे अबधारणा हाम्राे जनयुद्धकालीन अबधारणा हाे । हाम्रै याेजना र पहलमा संविधानमा मुस्लिम आयाेग दर्ज भयाे ।’

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रकाे अहिलेकाे बिधानमा सबै तहका संगठनहरूमा मुस्लिम समुदायकाे सहभागिता पाँच प्रतिसत सुनिश्चित गरिएकाे भन्दै अबकाे दिनमा मुस्लिम समुदायभित्र नेतृत्वकाे विकास हुने बताए ।

उनले धर्मनिरपेक्षता हामीले नै ल्याएका हाैं र यसकाे सबभन्दा ठूलाे फाइदा मुस्लिम समुदायलाई नै भएकाे भन्दै अबकाे दिनमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशी लाेकतन्त्रकाे रक्षामा मुस्लिम समुदायकाे याेगदान पनि उत्तिकै हुनुपर्ने बताए।

माओवादी पार्टीकाे रक्षामै यी उपलब्धीहरूकाे रक्षा निर्भर भएकाेले सबै मिलेर पार्टीलाई मजबुत पाराैं’ उनले प्रशिक्षण दिंदै भने ।

बैठकमा माेर्चाका ईञ्चार्ज तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य हकिकुल्लाह खानले प्रशिक्षणिक मन्तव्य दिए ।

माेर्चाका अध्यक्ष अतहर हुसेन फारूकीले बैठक सञ्चालन गरेका थिए ।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news