मुस्लिम समुदायको मधेशी पहिचान संरक्षण गर्न माँग

Logo २४ पुष २०७९, आईतवार १९:५८ | Aadil Times                  

आदिल टाइम्स ,काठमाडौं

नेपालको तराईमा बसोबास गर्दै आएका मुस्लिम समुदायको पहिचानलाई संकुचित गर्ने प्रयास भईरहेको ध्यानाकर्षित गराउदै मुस्लिम विद्यार्थीहरुले आज जनमत पार्टीका अध्यक्ष डाक्टर सी के राउत र पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्री अब्दुल खानलाई ज्ञापन पत्र बुझाएका छन् । राज्य द्वारा सदियौं देखि भएको विभेदको सवालमा मधेशका सबै समुदाय जाती जस्तै मुस्लिम समुदाय पनि उपेक्षित बहिस्कृत भएको यथार्थलाई आत्मसात गर्दै तराईका मुस्लिम समुदायको पहिचान प्रथमतः मधेशी नै भएकोले यस बारे आयोगहरुले गरेको निर्णयलाई खारेज गर्न गराउन मांग गरिएको छ ।

‛ संविधानत मुस्लिम एक जातिय समुदाय हो मधेशी आयोगले दित्तिय तथ्याङको आधारमा तयार पारेको ‘नेपालमा मधेशी समुदायको थर सुचिकरण अध्ययन प्रतिवेदन २०७८ मा दलित, आदिवासी जनजाति लगायतका जातिय समुदायका थरहरु समावेश गरेको तर मुस्लिम समुदायका थरलाई निकालेको हुदा सो कुरा नेपालको संविधानका धारा १८ अन्तर्गत समानताको हक विपरित भएको तथा मधेश आन्दोलनको मुल मर्मलाई अपमानित तथा कुन्ठित पार्ने तथा मुस्लिम समुदायको समान भाषा, संस्कृति, इतिहास र वचनको आधारमा रहि आएको ऐतिहासिक मधेशी पहिचानलाई नै मेटन खोजेको देखिएकोले २०७९ पुष २१ गतेका दिन मधेशी आयोगले मुस्लिमलाई थर सुचिकरण अध्ययन प्रतिवेदनबाट निकालेको निर्णयलाई यथाशिघ्र फिर्ता लिन आवश्यक पहल गरि मुस्लिम समुदायको मधेशी पहिचानको सम्रक्षणको लागि आवश्यक सम्पुर्ण पहलहरु गरिदिन हुन जोडदार माग गर्दछौ’ भनि विज्ञप्तिमा उल्लेख छ

मिति २०६५ साल माघ २१ गते मन्त्रिपरिषदबाट मधेशका ९२ जातिलाई मधेशी भनि पहिचान गरि निर्णय भए बमोजिम हाल सम्म मधेशका मुस्लिम समुदायको मधेशी पहिचान कायम रहेकोले सोही निर्णय बमोजिम यथावत राख्न अनुरोध गरिएको छ।

आयोग बुझाउने टोलीमा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि तथा मोरंग जिल्लाका माजिद अंसारी ,कपिलवस्तुका शमशाद आदिल , रौतहटबाट आबिद हुसैन र शमशाद आलम र बारा जिल्लाका आबिद अंसारी लगायत विद्यार्थी अधिकारकर्मीहरुको उपस्थिति थियो।

साथै उक्त टोलीले मधेशी आयोगले निर्णय नसच्याएमा र निर्णय सच्याउन मुस्लिम आयोगले सकारात्मक पहल नगरेमा देशभरी आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गर्ने बताएकोछ ।


सम्बन्धित खबर