
२२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दामा पठाएको जवाफमा उनले विपक्षीको निवेदन खारेज भागी रहेको बताएका छन् ।
नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । जसको सुनुवाइ गर्दै सर्वोच्च अदालतले ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन गत १३ गते बालेनका नाममा आदेश दिएको थियो ।
