मेरो उम्मेदवारी समग्र हरदौनावासीको विकासको लागि हो: शफीक हुसेन

Logo १९ बैशाख २०७९, सोमबार १०:२४ | Aadil Times                  

कपिलवस्तु –
कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका को वडा न.१०को वडा अध्यक्ष पदमा मोहम्मद शफीकले उम्मेदवारी दिएर घर दैलोमा सक्रिय भएका छन । ने क पा एमालेको तर्फबाट उम्मेदवार भएका शफीकले हरदौनावासीको विकासमा पहुँच सुनिश्चित गराउन आफ्नो उम्मेदवारी भएको बताउछन। कपिलवस्तुको अत्यन्त पिछड़िएको सीमावर्ती क्षेत्रको रुपमा रहेको हरदौनामा उच्च शिक्षामा वडाबासीको पहुँच बनाउन र गुणस्तरीय शिक्षाबाट क्षमतावान विद्यार्थी उत्पादन गराउन आफ्नो लक्ष्य रहेको उनी भन्छन।
लोकतांत्रिकरणको मूल्यमान्यतालाई अनुसरण गर्दै जनताको घर घरमा सरकारको उपस्थितिको अनुभूत गराई सेवा सुविधा प्रवाह गर्ने गराउने विश्वास व्यक्त गर्दछन ।
हरदौना वडा सय प्रतिशत कृषि योग्य जमीन रहेकोले किसानहरुलाई कृषि प्याकेज मार्फ़त तालीम र सामग्रीहरुको वितरण गरी कृषकहरुलाई प्रोत्साहन गर्ने बताए।

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news