यशोधरामा विकास र ईमानदारीताको जनलहर

Logo २९ चैत्र २०७८, मंगलवार ११:२३ | Aadil Times                  

आदिल टाइम्स-
यशोधरामा विकास र ईमानदार नेतृत्व छनोट गर्ने जनलहर केन्द्रित हुदै गएकोछ । यशोधरा गाउँपालिकाको जनताहरुको विचार विकसित र शिक्षित समाज सहित पूर्वाधार सम्पन्न पालिका निर्माण गर्न सोच तयार हुदै गएको यशोधरा गाउँपालिका को अध्यक्ष पदका उम्मेदवार हजरत अलीले बताए। ।

आदिल टाइम्स सँग संक्षिप्त कुराकानी गर्दा आफुले अहिले सम्म प्रतिपक्षको भूमिकामा बसेर यशोधरा गाउँपालिकाको जनजीविकामा सुधार पुर्याएको बताए । कोरोना महामारीको बेला आइसोलेशन सेन्टर निर्माण देखि सीमामा अलपत्र नगरवासीहरुको उचित व्यवस्थापन देखि लिएर वृद्धवृद्धाहरुको समाजिक भत्ता दिलाउने सम्म मैले भूमिका निर्वाह गरेको हजरत अलिले जानकारी दिए । दुइ वर्ष देखि वितरण गर्न बाकी रहेको बालबालिका पोषण भत्तालाई बालबालिकाको पहुँचमा पुर्याउन आफुले सक्रियताका साथ खटेको उनले भने।
जनताहरुको सेवा सुविधाको लागि निरन्तर फील्ड रहेर संघर्ष गर्दै आएको कुरा स्प्ष्ट भएकोले आफु नै जनताको वास्तविक नेतृत्व भएको उनको ठम्याई छ । अहिले गाउँ गाउँमा जनताहरुको पूर्ण समर्थन आफुले पाई रहेको उनले बताए।

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका लाई केन्द्रित राजनीति गरिरहेका हजरत अली माओवादी केन्द्र पार्टीको तर्फबाट अध्यक्ष पदको प्रबल दावेदार हुने बताइएकोछ ।

हाम्रो पालिका सय प्रतिशत कृषियोग्य जग्गा भएकोले कारण किसानहरुको लागि अमूल्य सम्भावना बोकेको हुनाले आयमुलक कृषि योजना ल्याउने योजना रहेको उनको सोच छ । ‛ ऊनि भन्छन,यदि पालिकको नेतृत्व मैले पाएँ भने एउटा कन्या कलेजको स्थापना गर्नुको साथै वर्षेनि पांच पांच जना डाक्टर र इंजीनियर पढ़ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान हुनेछ । साथै हरेक वार्डमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्रको निर्माण पालिकाको तर्फबाट गराउनेछु भन्ने विश्वास व्यक्त गरे।

आफ्नो बोली र व्यहारमा एकरूपता रहेको जनताहरु बीज जाहेर छ त्यसकारण जनलहर अहिले माओवादी केन्द्रका प्यानलमा केन्द्रित भएको उनको भनाइ छ ।


सम्बन्धित खबर