यशोधरा गाउंपालिकामा शैक्षिक सामाग्री बितरण

Logo ३ श्रावण २०७९, मंगलवार १०:५५ | Aadil Times                  

कपिलवस्तु-      विपद र महामारीका कारण लामो समय बिद्यालय बन्द हुँदा बालबालिमा हुन गएको सिकाइ क्षतिलाई न्युनिकरण गर्न तथा शिक्षामा सबैको पहुंच सुनिश्चतता गर्न यूनिसेफ यूएड र कालिका स्वावलम्बन सामाजिक केन्द्र को संयुक्त साझेदारीमा संचालित “शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम“ अन्तर्गत यशोधरा गाउंपालिका मा ८९ ओटा टोल कक्षा संचालनमा आयेको छ । एकिकृत पाठ्यक्रमको प्रयोगबाट कक्षा १ देखी ३ सम्म का बिद्यार्थीहरुलाई विद्यालय समय भन्दा फरक समयमा खेल विधि द्वारा टोल कक्षा संचालन भैरहेको छ , जसबाट ३९११ जना बालबालिका लाभान्वित भएका छन् ।


बालबालिकाको सिकाइलाई निरन्तरता दिन यशोधरा गाउंपालिकाको सम्पूर्ण २६ ओटा सामुदायिक बिद्यालय र १२ ओटा मदरसाहरुमा बिद्यार्थीहरुको सिकाईलाई अझ रोचक र प्रभावकारी बनाउन बालबिकास देखी कक्षा ३ सम्मका जम्मा ५८३७ जना बिद्यार्थीहरुलाई अभिभावकको सहयोगमा घरमै गराउन सक्ने स्व-अध्ययन सामग्री बितरण गरिएको छ । स्व-अध्ययन सामाग्रि पाएपछि अभिभावक र बिद्यार्थीहरु निकै उत्साहित भएका छन् । यशोधरा गाउंपालिका वडा न.४ बस्ने रफिक मुसलमान भन्नुहुन्छ “मेरो छोरा पढ्रन मनै गर्दैन थियो । खालि साथिहरु संग खेल्न जाने ,घरमा पनि सधै झगडा मात्र गर्ने स्वभावको थियो । तर जब देखि मदरसामा टोल कक्षा संचालनमा आयो मेरो छोराको बानीमा धेरै सुधार आएको छ। र आफ्नो सामानहरु जतन गरि राख्ने, आफ्नो भाई लाइ पनि मदरसा संगै लिएर जाने गरेको छ । अहिले त झन् साथिहरु संग खेल्न जाने धेरै कम भएको छ । साथै यो शैक्षिक सामग्री पाए देखि त झन् मेरो छोरा धेरै नै खुशी भएको छ । मदरसाबाट पढेर घर आउछ अनि चित्र बनाएर रंग हरु भर्छ दिदी हरुको सहयोगमा स्व-अध्यन पुस्तकमा दिईएको कार्यहरु गरेर बस्छ ।”
यशोधरा गाउंपालिकाका शिक्षा शखा प्रमुख ध्रुव सेजवाल भन्नुहुन्छ “यो टोल कक्षा संचालन भएकोले गर्दा प्राथमिक तहका बालबालिकामा केहि हद सम्म सिकाई उपलब्धि बृद्धि गर्न सहयोग पुगेको छ ।”
टोल कक्षाको अनुगमन सम्बन्धित बिद्यालय का प्र अ , ब्यवस्थापन समिति , शिक्षक अभिभावक संघ र शिक्षा शाखा ले गर्ने गरेको छ ।

 


सम्बन्धित खबर