रुसी सत्ताको निसानामा सञ्चार क्षेत्र

Logo २ असार २०७९, बिहीबार ११:२० | Aadil Times                  

रुसले बेलायतका केही नाम चलेका सञ्चारकर्मीलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। यसरी प्रतिबन्धित हुनेमा बीबीसीका क्लाइभ माइर, ओर्ला गुर्लीन, निक रोबिन्सन र निक बियभ छन्। स्काइ टिभी, टाइम्स, द गार्जीयन, च्यानल फोर र आईटिभीका पत्रकारसमेत यस सूचीमा छन्।

रुसले यसअघि नै बेलायतका धेरै निर्वाचित व्यक्तित्वलाई आफ्नो देशमा प्रतिबन्ध लगाइ सकेको छ। मस्कोको विदेश मन्त्रालयले प्रतिबन्धित गरिएका व्यक्तिको सूची सार्वजनिक गर्दा २९ सञ्चारकर्मी तथा अन्य २० जना छन्।

 

रुसले यसअघि नै बेलायतका धेरै निर्वाचित व्यक्तित्वलाई आफ्नो देशमा प्रतिबन्ध लगाइ सकेको छ।

रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँका बारे एक पक्षीय समाचार सम्प्रेषण गर्ने नीति लिएको थियो। यो नीतिमा अवरोध गर्दै ती सञ्चार माध्यमले यथार्थ कुरा बाहिर ल्याएकै कारण प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ।

रुसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने ती पत्रकारले संसार भरी रुसको बारे भ्रम फैलाउने र रुसप्रति नकारात्मक धारणा वृद्धि गर्न उद्यत रहेको भन्ने उल्लेख गरिएको छ।

पछिल्लो दिनमा डोनाबासका बारे यथार्थ चित्रण बाहिर आएपछि बेलायती पत्रकार निसानामा परेको अनुमान गरिएको छ। रुसले युक्रेनमाथि सुरुवाती दिनमा आक्रमण गरेपछि क्लाइभ माइरले किभको दर्दनाक अवस्थाको बारे समाचार लेखेर संसारलाई यसको बारे जानकारी दिएका थिए।

ओर्ला गुरेनले रुसले लेयसचान्सकमा आक्रमण गरेपछि यस आक्रमणलाई बाहिर ल्याएकी हुन्। रुसको प्रतिबन्धित सूचीमा बीबीसीका कूटनैतिक संवाददाता पाउल एडम्स पनि छन्। यसै गरी रिचर्ड सार्प पनि प्रतिबन्धमा परेका हुन्। स्काइ न्युजका प्रमुख संवाददाता स्टुवार्ट राम्सी पनि प्रतिबन्धमा परेका छन्। रुसले किभमा आक्रमण गरेका समयमा त्यहाँको वास्तविक र यथार्थ कुरा बाहिर ल्याउने समयमा राम्सी सक्रिय थिए।

रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँका बारे एक पक्षीय समाचार सम्प्रेषण गर्ने नीति लिएको थियो। यो नीतिमा अवरोध गर्दै ती सञ्चार माध्यमले यथार्थ कुरा बाहिर ल्याएकै कारण प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ।

प्रतिबन्धितको सूचीमा रहेको हाइ प्रोफाइल पत्रकारमा टाइम्सका जोन विथ ड्र, टेलिग्राफका कृश इभान्स, गार्जीयनका क्याथरिन भाइनर र डेली मेलका टेल भेडीटी छन्।

गार्जीयनका साउन वाल्कर र लुक हार्डीग पनि सो सूचीमा छन्। स्काइ न्युजका प्रस्तोता सोफी रिज र च्यानल फोरका क्याथी न्यु म्यान प्रतिबन्धितको सूचीमा छन्। डेली टेलिग्राफका स्तम्भकार कन काउगलीन र एफडीका गाइडोन रेचम्यनलाई प्रतिबन्ध लगाइएको छ।

रुसमा एक दशक भन्दा बढी समय बिताइसकेका साउन वाल्करले आफू अहिले रुसमा जाने विषयमा इच्छुक नभए पनि प्रतिबन्धको समाचारले आश्चर्यमा पारेको बताउँछन्। रुसले अहिले आफ्नो देशमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम पढ्न पनि निरुत्साहित गर्ने गरेको छ। त्यहाँको सञ्चार माध्यममाथि त पूर्ण अङ्कुश लगाइएको छ। त्यहाँ ‘फेक न्युज’को नाममा नयाँ कानुन बनेको छ। त्यस कानुन अनुसार जो कोहीले पनि जारी युद्ध तथा सेनाको विरुद्धमा बोल्ने तथा लेख्ने गरेमा कठोर सजाय हुनसक्छ। युद्ध र सेनाका बारे गलत धारणा बन्ने खालको समाचार माथि पनि अङ्कुश लगाइएको छ।

राज्यले नै प्रोपोगान्डा मच्चाउँदै युद्ध सही भएको वकालत गर्न निजी सञ्चार माध्यमलाई पनि एउटा दायराभित्र राखेको छ। त्यहाँको सञ्चार माध्यमलाई प्रभावमा पारेपछि अहिले रुसी जनता वास्तविकता थाहा पाउन पनि वञ्चित भएका छन्।

रुसमा एक दशक भन्दा बढी समय बिताइसकेका साउन वाल्करले आफू अहिले रुसमा जाने विषयमा इच्छुक नभए पनि प्रतिबन्धको समाचारले आश्चर्यमा पारेको बताउँछन्।

अहिले युक्रेनमा भएको युद्धलाई रुसले ‘स्पेसल मिलिटरी अपरेसन’को नाम दिएको छ। अहिले रुसले सञ्चार माध्यमलगायत विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिमाथि विदेशी दलालको संज्ञा दिन थालेको छ।

रुसी सरकारको यस गतिविधिले अन्तर्राष्ट्रिय क्षेत्रलाई भने क्षुब्ध बनाएको छ। युरोपियन कोर्ट अफ ह्युमन राइटले मंगलबार नै व्यक्तिको नितान्त मौलिक हक छिन्न सुरु भएको प्रतिक्रिया दिएको छ। बेलायतका अन्य शीर्ष व्यक्तित्व पनि प्रतिबन्धको सूचीमा छन्। यस सूचीका हुनेमा सेनाका नेभी प्रमुख एडम सर बेन के र हवाई सेनाका प्रमुख माइकल विग्सटन छन्।

त्यहाँको वास्तविक र यथार्थ कुरा बाहिर नआओस् भन्नका खातिर रुसले सुरुवाती दिनमा नै युक्रेनका सञ्चार क्षेत्रलाई तहसनहस पारेको थियो। युक्रेनको बन्दरगाह सहर बोडीयान्डमा आक्रमण गरेपछि त रुसी सेनाहरू त्यहाँको सञ्चार गृहको कार्यालयमा गएर नै कब्जामा लिएको समाचार प्रकाशमा आएका थिए।

यो घटना मार्चको सुरुवाती दिनको नै थियो । सञ्चार माध्यमको कार्यालयमा प्रवेश गर्ने र त्यहाँ प्रवेश गरेर जबरजस्ती हत्याको समाचार हटाएर आफू अनुकूल समाचार प्रसारण गर्ने कामसमेत रुसी सेनाले गरेका थिए।

बेलायतका अन्य शीर्ष व्यक्तित्व पनि प्रतिबन्धको सूचीमा छन्। यस सूचीका हुनेमा सेनाका नेभी प्रमुख एडम सर बेन के र हवाई सेनाका प्रमुख माइकल विग्सटन छन्।

त्यसै समयमा यसरी गलत सूचना सम्प्रेषण गर्ने सवालमा आठ जनालाई त त्यही तैनाथ गरिएको थियो। युक्रेनी सञ्चार माध्यमबाट नै रुसले चाहे जस्तो समाचार प्रसारण हुन थाले पछि यसले त्यहाँको मानिसमा निराशा पैदा गरेको थियो।

त्यसै समयमा एक पत्रकारलाई बन्दुक देखाएर आफू युक्रेनी राष्ट्रवादीको विरुद्धमा लड्न तयार रहेको भन्ने अभिव्यक्ति दिन लगाइएको थियो। सो समयमा उनी क्यामरामा कैद भएका थिए।
‘५ या ६ व्यक्ति आएर त्यस स्थान रुसको भइसकेको र बाच्न चाहने हो भने रुसी भएर बाच्नु पर्ने भन्दै चेतावनी दिएका थिए,’ त्यसरी रुसको पक्षमा क्यामरामा बोलने सेरीले भनेका छन्। हाल उनी सुरक्षित रूपले त्यस स्थानबाट बाहिर आइसकेका छन्।

उनलाई त्यत्तिकै यो भन्न लगाइएको थिएन। भिन्न कोठामा लगेर टाउको, छाती र पाखुरामा दक्खल पर्ने गरी उनलाई पिटिएको थियो। एक जनाले त उनको टाउकोमा बन्दुक राखीरहेका थिए। अन्तिम बिदाइ माग्नका लागि घरमा श्रीमतीसँग फोन गर्नसमेत भनेका थिए। रुसले भने त्यस स्टुडियोले गलत सूचना सम्प्रेषण गर्दै अफवाह फैलाएको कारण आफूहरूले कब्जामा लिएको दाबी गरेको थियो।

जब रुसले युक्रेनमाथि आक्रमणको सुरुवात गरेको थियो। त्यस पछाडि त्यहाँ मानवता विरोधी अपराधले पराकाष्ठा पार गरेका थिए। कुरा त्यत्तिमा सीमित थिएन। यस घटनापछि संसारको आर्थिक अवस्था बिग्रिएको छ। संसारकै प्राय मानिसको जनजीवनमा यसले अप्ठेरो ल्याएको छ।

यो युद्धअघि बढ्दै जाँदा त्यहाँका मानिसले पाएको दुख, कष्ट र पीडाका समाचारले संसारका सबै मानिसलाई प्रभावित पार्न सुरु गरेको थियो। युक्रेन प्रतिको बढ्दो सहानुभूति र रुसी सत्ता प्रतिको आक्रोश संसारभर नै बढको थियो। रुसमासमेत आफ्ना शासक मानवीय संवेदनशीलताको सवालमा चुकेका कारण आस्था भत्किएको थियो।

यी सबैलाई रोक्नका लागि रुसले आफ्नै देशमा ‘फेक न्युज’को रूपमा नयाँ कानुन लागु गरेको हो। यत्तिले नपुगेपछि युक्रेनको सञ्चार माध्यमलाई आफ्नो नियन्त्रणमा लिएको थियो। यसका बाबजुद त्यहाँ भएको ज्यादतीका समाचार बाहिर आउन रोकिएनन् भने रुसी सत्ता प्रतिको आक्रोश पनि थामिएको थिएन। यस पछि नै अन्तर्राष्ट्रिय सञ्चार माध्यमका धेरै पत्रकारमाथि प्रतिबन्धको निर्णय गरेको हो। युक्रेनमै सञ्चार माध्यमलाई नियन्त्रणमा लिने क्रममा रुसी सेनाले थुप्रै सञ्चार गृहलाई बन्द गराएको थियो।

युद्धअघि बढ्दै जाँदा त्यहाँका मानिसले पाएको दुख, कष्ट र पीडाका समाचारले संसारका सबै मानिसलाई प्रभावित पार्न सुरु गरेको थियो। युक्रेन प्रतिको बढ्दो सहानुभूति र रुसी सत्ता प्रतिको आक्रोश संसारभर नै बढको थियो।

युक्रेनको पूर्वीभागमा भने अवस्था फरक थियो। त्यहाँ रुसी टिभी च्यानलहरू राम्रोसँग चलेका थिए। ती च्यानल मार्फत नै युक्रेनको विरुद्धमा तथा रुसी सेनाको पक्षमा समाचारहरू प्रसारण हुने गरेका थिए।
‘त्यस समयमा खराब र हावादारी समाचार प्रसारण भएका हुन्थे। म ती कुनै पनि हेर्न चाहन्न थिएँ’, अन्ना नामकी एक युक्रेनीले भनेकी छन्। रुसी पक्षले भने आफ्नो उपस्थितिसँगै त्यहाँको जनजीवन राम्रो भएको दाबीसमेत गरेको थियो। मार्चको पहिलो सातामा रुसले देशभर र सम्भव भएसम्म अन्तर्राष्ट्रिय क्षेत्रमासमेत प्रोपोगान्डा मच्चाउने नीति लिएको थियो। सन् २०१४ मा क्रेमियाको युद्धमा रुसले अहिलेको जस्तै नीति लिएको थियो।

घरेलु सञ्चार माध्यमलाई पकडमा राख्ने र अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई प्रतिबन्धित गरेर अबका दिनमा अझ कठोर शासनको सुरुवात गर्ने रुसी सोच प्रस्ट देखिएको छ। स्रोतः बीबीसी, द कन्जरभेसन

gorkhali-news

सम्बन्धित खबर


gorkhali-news