लोकतन्त्र भन्दा व्यक्तितन्त्र हावी हुदै : शमशाद आदिल

Logo १९ जेष्ठ २०७८, बुधबार १२:२९ | Aadil Times                  

लोकतन्त्र भन्दा व्यक्तितन्त्र हावी हुदै : शमशाद आदिल नेपालमा लोकतन्त्र आए सँगै व्यक्तित्वाद हावी हुदै गएको छ। लोकतन्त्रका लागि सँघर्षरत रही ज्यान गुमाउनु भएका सम्पूर्ण योद्धाहरुलाई सलाम अर्पण गर्दै शमशाद आदिलले भने, नेपाल जस्तो मुलुकमा लोकतांत्रिक मूल्यमान्यता र नागरिकले आभास गर्न पाउने अधिकारहरुको विकास विस्तार हुन सकेको छैन। नेपालको भौगोलिक्तामा लोकतंत्र को वासना एकदमै सुहाउदो छ। वर्तमान समयमा प्रतिगामीहरुको सत्तामा चहलपहल बढ़नाले लोकतांत्रिक मूल्यमान्यताहरु कमजोर हुदै गएको आदिलले बताए । विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रहेका शमशाद आदिल आफ्नो कुरा थप्दै भने ‘ नागरिकहरुको आधारभूत मौलिक हकाधिकारहरु निमोठीदै गएका छन, जनताहरुमा आफ्ना प्रतिनिधिहरु बाट निराश हुने क्रम जारी छ। साथै लोकतंत्रको संरक्षणमा वर्तमान युवा पुस्ताले न्यून संख्यामा आफ्नो आवाज़ बुलन्द गरेको पाइन्छ। अहिले युवाहरुमा वितृष्णा मात्र देखिएको छ तर उनीहरुकोले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्न सकेका छैनन। ट्रोल मीम र टिकटकको भाषा मात्र बुझिने युवाहरुलाई आफ्नो हक अधिकारको सदुपयोग गर्न आह्वान गर्नु पर्छ । मुलुक गरीबीको चेपेटामा दिनानुदिन धसीरहेको छ, सूचना तथा सञ्चारको अधिकार कुण्ठित गर्दै जनप्रतिनिधिहरु जवाफ़देही हुन बाट पञ्क्षिन खोजेका छन , शहिदहरुको सम्मानमा कुनै सराहनीय कार्य भएको छैन यर्थाथमा भन्ने हो भने लोकतन्त्र कमजोर पार्न ठुल ठुलो शक्तिहरु लागि परेको कुरा आदिलले जिकिर गरे ।



सम्बन्धित खबर